रङ्गसँगै साटियाे खुसी
गोरखापत्र अनलाइन
चैत्र ३, २०७८ बिहीबार
राजधानीका साघुँरा गल्लीमा थाकका थाक कपडा अन्य बेच्न बस्ने असन, खिचापोखरी,महाबौद्धका लगायतका सटरहरु आज बन्द छन् । सडकपेटीमा सदाझैँ बस्ने फुटपाथ पसलेहरु छैनन् ।
झोलामा भर्खरै सपिङ् गरेका कपडा र अन्य बोकेर हिँडेका श्रीमान/श्रीमती,गृहिणी,छोराछोरी, युवायुवतीको भीड छैन । भीड छ त केवल अनुहारमा विभिन्न रङ बोकेर हाँसिरहेका अनुहार । भीड छ त हातमा रङ बोकेर रङ्सँगै खुसी साटासाट गरिरहेका युवायुवतीको ।