logo
२०८१ बैशाख १७ सोमवार

सगरमाथा आधार शिविरमा बन्यो क्वारेन्टाइन (फोटो फिचर सहित )

पर्यटन |
फोटो फिचर |


2021-04-23-36087
तस्बिर साैजन्य : हिमालयन रेस्क्यु एशाेसियशन


छेटु शेर्पा

काठमाडौं, बैशाख १० गते । सगरमाथा आधारशिविर (पाँच ३६५ मिटर) मा कोरोना भाइरस(कोभिड १९) को संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका उनीहरूलाइ एक साता क्वारेन्टाइनमा राखिएको जनाएको हो ।

विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल गरेका छन् ।
स्वास्थ्य शिविरका प्रमुख लाक्पा शेर्पाका अनुसार थप संक्रमण फैलिन नदिन एक सातासम्म उक्त क्षेत्र सिल गरेको र त्यहाँका आरोहणदलका सदस्यलाई हिडडुलमा गर्न नदिएको जानकारी दिनुभयो ।

एक साता अघि आधारशिविरमा सिकिस्त विरामी परेका नर्वेका आरोहीलाई काठमाडौंमा रेस्क्यू गरी उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएकाे थियाे, सोही अनुसार आधार शिविरमा थप कडाइ गरिएकाे छ ।
तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु २० दिन वितिसक्दा समेत एक जना पनि आधारशिविर पुग्न नसके पछि समन्वय गर्न समस्या हुने गरेको शेर्पाको भनाई छ । य

स वर्ष सगरमाथाका लागि ३७७, ल्होत्सेका लागि १०४, नुप्सेका लागि २३ र पुमोरीका लागि ५ जना गरी ५०९ जना आरोहीले आरोहण अनुमती लिएका छन् । सगरमाथा आधारशिविरमा यि चारवटै हिमाल आरोहण गर्ने आरोही, कामदार, सगरमाथा सफाइ गर्ने कामदार लगायत १५ सय जना बढी आधारशिविरमा रहेका छन् ।