logo
२०८१ बैशाख १७ सोमवार

  भोलिबाट यो सिजनकाे हिमाल आरोहण बन्द हुँदै  



काेराेना सङ्क्रमण र प्रतिकूल माैसमले अपेक्षाकृत सफलता मिलेन 

पर्यटन |


काेराेना सङ्क्रमण र प्रतिकूल माैसमले अपेक्षाकृत सफलता मिलेन 


छेटु शेर्पा 

काठमाडौं, जेठ १७ गते ।  गुणस्तरीय पर्यटन क्षेत्र मानिने पर्वतारोहण भोलि (मङ्गलबार) देखि बन्द हुने भएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण अन्य हिमालको यस अघिनै सम्पन्न भइसकेको थियो भने सगरमाथा आरोहण भने मङ्गलबार सम्पन्न गरी बन्द हुने पर्यटन विभागले जनाएको छ । यस वर्षको आरोहण करिव ४५ प्रतिशतले सफल भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पर्वतारोहणमा प्रमुख मानिने सगरमाथा आरोहण भने खराब मौसम र कोरोना भाईरस महामारीका बीच पनि यस वर्ष लक्ष्यभन्दा बढीले आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । आधारशिविर भन्दा माथि चढेका आरोही मध्ये ९० प्रतिशत आरोहण सफल भएको तर आरोहण अनुमति लिएका आरोहीको तुलनामा भने करिव ४५ प्रतिशत मात्र आरोहण सफल भएको उहाँले जानकारी दिनुभयो । पर्यटन विभागको तथ्याङ ४३ आरोहणदलबाट ४०८ जना आरोहीले आरोहण अनुमती लिएका थिए । यीमध्ये करिब २०० आरोहीले आरोहण सम्पन्न गरेको श्रेष्ठको भनाइ छ ।

आरोही गाइड र आरोही गरी आधा रशिविरभन्दा माथि जानेको तथ्याङक ११ सय रहेको मध्ये करिव ४५० जनाले मात्र आरोहण सफल गरेका छन् । समयपरिस्थिति अनुसार चित्तबुझ्दो आरोहण नतिजा भएको उहाँले बताउनुभयो । आरोहीमध्ये माउन्टेन ट्रिप, फुर्तेम्वास ट्रेक लगायत चार कम्पनीले आरोहण रद्द गरेको गरी फिर्ता भएका थिए भने केही आरोही र आरोहीगाइडमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आरोहण प्रभावित बनेको थियो ।

अन्य वर्षभन्दा यस वर्ष मौसममा बढी खरावी भएकाले आरोहीले चुचुरो नजिकैबाट फिर्ता हुनुपरेको र आरोहणको मौका कम पाएको सेभेन समिट ट्रेकका निर्देशक एवं आधारशिविर मेनेजर टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । तेस्रो पटकसम्म आरोहण प्रयास भएको छ । पहिलो चरणमा तीन दिन मौसम खुल्दा बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा सहितको टोलीले आरोहण सम्पन्न गर्नुभएको थियो भने दोस्रो चरणमा एक दिन मौसम खुल्दा जेठ ९ गते एकै दिन १७७ जनाले सगरमाथाको आरोहण गर्नुभएको थियो । तेस्रो चरणमा भने जेठ १७ र १८ गते मौसम सफा भएपछि आरोहण गर्ने र त्यस पछि आरोहण बन्द हुने भएको विभागको भनाइ छ ।
सगरमाथा आरोहणका लागि भने पर्यटन विभागले ७५ दिनको अनुमति दिने गरेको छ । यस पटक अमेरिकी र स्वीजल्याण्डका आरोहीको मृत्यु भएको थियो भने बाँकी दुई जना शेर्पा गाइडको मृत्यु भएको थियो । अघिल्लो वर्षहरुको तुलनामा मानवीय क्षति भने कमभएको विभागको भनाइ छ । यस वसन्त ऋतुमा पर्यटन विभागले १६ वटा हिमाल आरोहणका लागि ७४२ जना आरोहीलाई अनुमति दिएको थियो । यस वापत ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैयाँ राजश्व संकलन गरेको थियो यस मध्ये सबैभन्दा धेरै सगरमाथाबाट ६६ करोड १३ लाख ४२ हजार ९८७ रुपैयाँ सङ्कलन भएको थियो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?