‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’
रासस
मंसिर २०, २०७८ सोमबार
कन्काई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ ।
उहाँले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु तीन लाख ५० हजार आम्दानी भएको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।” उहाँले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहनुभएको । छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर...