सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा कांग्रेस सभापति देउवा समूहको ‘क्लीनस्वीप’
गोरखापत्र अनलाइन
मंसिर ८, २०७८ बुधबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको समूहले क्लीनस्वीप गरेको छ । सुनसरी क्षेत्र नम्बर ४ मा बुधबार सम्पन्न कांग्रेस केन्द्रीय महाधिवेशन अन्तर्गतको प्रतिनिधिसभा क्षेत्र अधिवेशनमा सभापति देउवा समूहले क्लीनस्वीप गरेको हो । उक्त क्षेत्रका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये सबै देउवा समूहका छन् ।