यात्रुबाहक बस दुर्घटना, एक जनाको मृत्यु, २३ जना घाइते
गोरखापत्र अनलाइन
मंसिर १२, २०७८ आइतवार
पूर्व–पश्चिम राजमार्गस्थित कनकाई नगरपालिका ८, लक्ष्मीपुरस्थित विरिङपुलमा बसको पत्ति भाँचिएर बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार २३ जना घाइते भएका छन् ।