दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
गोरखापत्र अनलाइन
पुष १, २०७८ बिहीबार
पूर्वपश्चिम राजामार्गको कन्काई नगरपालिका ७ दुर्गापुरमा बुधबार राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको ज्यान गएको छ । बुधवार राति ७ः ४० को समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खाएकाे थियाे ।