उदयपुर दुर्घटनामा २ जनाको मृत्यु
गोरखापत्र अनलाइन
मंसिर २३, २०७८ बिहीबार
उदयपुरमा बिहीबार छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । बेलटारबाट गाईघाटतर्फ आउँदैगरेको स १० प ३१३३ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका –६, सातधारेमा अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका ३० वर्षीय उमेश राईको निधन भएको हो ।