ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । शुक्रबार बिहानदेखि हिमाली क्षेत्रमा हिमपात शुरु भएको हो । उच्च हिमाली क्षेत्रसँगै ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली बस्तीसम्म हिमपात भएको स्थानीयले बताएका छन् । जिल्लाकै उच्च हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोलाको याङ्मा (४,२०० मिटर मिटर), वडा ६ लेलेपको घुन्सा (३,४०० मिटर), फले (३,१५० मिटर) मा हिउँ परेको छ ।