खार्मीका २७ घर उपभोक्ताका हरेक घरमा खानेपानीका धारा
रासस
मंसिर ३, २०७८ शुक्रबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घरका बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु १० लाख नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको जनश्रमदान गरी रु १८ लाखभन्दा बढी लगानीमा खार्मीस्थित सिरुवानी, रुयल र मानेडाँडाका २७ घर स्थानीय बासिन्दाका हरेक घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको हो ।