निषेधाज्ञा अटेर गर्ने छ जना व्यवसायीलाई एक महिना कैद, एक सय जरिवाना
गोरखापत्र अनलाइन ,
भाद्र १७, २०७७ बुधबार
पर्सा, भदौँ १७ गते । जिल्ला प्रशासन कार्यालय, पर्साले सङ्क्रामक रोग नियन्त्रण ऐनअन्तर्गत सङ्क्रमण फैलाउन खाजेको आरोपमा मङ्लबार वीरगन्जका छ जना व्यवसायीहरूलाई एक महिना कैद र जनही एक सय रुपियाँका दरले जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा आदेशको अवज्ञा गरी पसल सञ्चालन गर्ने श्याम साह कानु, मनिषकुमार कापर, सञ्जित साह कानु, नवनित कुमार कुश्वाहा,...