प्रदेश २ उच्च जोखिममा, आठमध्ये छ जिल्ला ‘रेड जोन’मा
इश्वरचन्द्र झा
भाद्र १५, २०७७ सोमबार
नेपालमा कोभिड–१९ को प्रकोप सुरु भए यता नै प्रदेश २ उच्च जोखिममा रहँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचकहरुले समेत प्रदेश २ उच्च जोखिममा रहेको देखाउँछ । देशको कुनै एक भाग जोखिममा हुँदा राजधानीसहित अन्य भूभाग समेत जोखिममा पर्ने निश्चित हो ।
जोखिम दर्शाउने सूचकहरु मृत्यु दर, सङ्क्रमण दरले प्रदेश २ को अवस्थालाई चित्रण गरेको छ । मन्त्रालयले प्रदेश २ मा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न साउन दोस्रो साता...