सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
श्रावण १७, २०७७ शनिबार
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव, उहाँका चालक, पीएसओसहित थप ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएकाे परीक्षणको शुक्रबार राति सार्वजनिक गरिएकाे रिपाेर्टमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादव, उहाँका चालक, पीएसओसहित थप ६४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले...