तनहुँमा ई–पासपोर्ट वितरण सुरु, स्थानीय खुशी
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
जिल्ला प्रशासन कार्यालय तनहुँले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । जिल्लाबाटै विद्युतीय राहदानी दर्ता गर्ने तथा वितरण गर्न थालेपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । ई–पासपोर्ट वितरण शुरुभएपछि स्थानीयहरु खुशी हुनुभएको छ ।