घुम्न आउने होइन त तालपोखरा ?
रासस
श्रावण २५, २०७८ सोमबार
कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो ।
चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने यो त्यही स्थान हो, होइन चिन्दैन । दृश्य फरक छ, आकर्षक बनेको छ । कतिले यसो पोखरी हरेपछि भन्ने गर्छन् ‘ओहो,...