भीम अस्पतालमा नवलपरासी पश्चिमकी कोरोना सङ्क्रमित महिलाको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र १७, २०७७ बुधबार
भैरहवाको भीम अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार सघन उपचार कक्षमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको हो ।
नवलपरासी पश्चिम, रामग्राम–५ की ती महिलालाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो । खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा त्यहाँ आईसीयू बेड खाली नभएपछि १५...