बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र : प्रदेश प्रमुख परियार
रासस
फाल्गुन ४, २०७८ बुधबार
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ । प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुग्नुभएका उहाँले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गर्नुभयो ।