विद्युत् पोल ढलेपछि छ दिनदेखि गाउँ नै अन्धकार
रासस
श्रावण १०, २०७७ शनिबार
गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युत््को पोल ढलेपछि यहाँका दुई पालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा गरी ७०० घरधुरी छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । दुई पालिकामा पहिरोले करिब २१ वटा विद्युत््का पोल ढालेपछि विद्युत् अवरुद्ध हुँदा बन्दीपुर गाउँपालिकमा ५०० र भानुनगरपालिका–१ का २०० घरधुरी अन्धकारमा बस्नुपरेको हो । साजबोटे, कल्याणटार...