सङ्क्रमण फैलिएको आशङ्कामा प्रदेश प्रहरी कार्यालयमा आउजाउ बन्द
गोरखापत्र अनलाइन ,
श्रावण ९, २०७७ शुक्रबार
प्रदेश १ प्रहरी कार्यालय, विराटनगर रानीलाई क्वारेन्टीनमा परिणत गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण प्रहरी नायब महानिरीक्षक (डिआईजी) कार्यालयमा बाहिर र भित्रको आउजाउ बन्द गरिएको हो । प्रहरी उपरीक्षक एवम् प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबैलाई क्वारेन्टीनमा आइसोलेट गरिएको हो ।