बेहाल बेनी–जोमसोम सडक, भीरमा घाँस समातेर जोखिमपूर्ण यात्रा (फोटो फिचरसहित)
गोरखापत्र अनलाइन ,
श्रावण ९, २०७७ शुक्रबार
म्याग्दी जिल्लाका विभिन्न क्षेत्र अहिले बाढी पहिरोले क्षतविक्षत भएको छ । लकडाउनकै अवधिमा वैदेशिक रोजगारीबाट फर्केर बेनी बजारमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेर घर जाँदैगर्दा एक युवाको गत सोमबार मृत्यु भयो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना काभ्रेका ३२ वर्षीय झलक पुनले अन्नपुर्ण-२, भुरुङ तातोपानीमा पहिरोमा मरेर ज्यान गुमाउनुभयो ।
चाैध दिनसम्म बेनीमा रहेको क्वारेनटाइनमा बसेर कोरोना भाइरस परीक्षणका...