सहरयोग्य नगरपालिका पहिचान हुने
नगेन्द्र सापकोटा
फाल्गुन २७, २०७७ बिहीबार
नयाँ घोषणा गरिएका नगरपालिका सहरयोग्य भए नभएको भन्ने पहिचान गरिने भएको छ ।
राष्ट्रिय जनगणना २०७८ ले नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवा सुविधाको अवस्था, सवारी साधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायतका विकासका आयामको यकिन तथ्याङ्कका आधारमा सहर पहिचान गर्ने भएको हो ।