उपत्यकाका साझा समस्या मिलेर समाधान गर्ने सहमति
नगेन्द्र सापकोटा
मंसिर १९, २०७७ शुक्रबार
काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका साझा समस्यालाई सामूहिक रूपमा समाधान गरिने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकालाई एउटा एकाइ मान्दै साझा समस्यालाई सामूहिक रूपमा समाधान गरिनेभएको हो ।
फोहोरमैला व्यवस्थापन, यातायात सञ्चालन, प्रदूषण नियन्त्रण, शान्तिसुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पर्यटन विकास, प्रविधि तथा पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन, नदी खोला संरक्षण र करिडोर लगायतका विषयलाई संयुक्त...