प्रादेशिक अस्पताल बनाइँदै
नगेन्द्र सापकोटा
भाद्र २५, २०७७ बिहीबार
बागमती प्रदेश अन्तर्गतका पाँचवटा स्थानीय तह स्तरीय अस्पताललाई प्रादेशिक अस्पताल बनाइने भएको छ ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले काठमाडौँको टोखा चण्डेश्वरी प्राथमिक केन्द्र, ललितपुरको बज्रवाराही चापागाउँ, काभ्रेको मेथिनकोट, दोलखाको चरीकोट र चितवनको बकुलर रत्ननगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय
गरेको हो ।