टेलिफोनको पहुँच बाहिर ४० पालिका
नगेन्द्र सापकोटा
आश्विन २९, २०७७ बिहीबार
अझैसम्म पनि देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको छ ।
गण्डकी प्रदेशको पश्चिमी बागलुङ र उत्तरी गोरखा, नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाहरू वञ्चित भएका हुन् । त्यहाँको पालिकाका प्रशासनमा...