प्रकोप र प्रकृतिको अधिकार
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
मानिसका लागि मानवअधिकार जस्तै प्रकृतिको पनि अधिकार हुन्छ भन्ने कुरा सुन्दा धेरै जनालाई अचम्म लाग्न सक्छ । हो, प्रकृतिको पनि अधिकार हुन्छ । प्रकृति भन्नाले हाम्रो वातावरणमा विद्यमान प्रमुख पक्षहरू जल, जमिन, वनस्पति, प्राणी, जलचर, थलचर र हावा हुन् । विस्तृत अर्थमा प्रकृति भन्नाले सूर्य, हावा, पानी, माटो जमिन, नदी–नाला, पहाड, पर्वत, हिमाललगायतका निर्जीव वस्तु र रुख–विरुवा, झारपात वा वनजङ्गल, जीवजन्तु वा पशुपन्छीलगायतका...