जुद्धबहादुर गुरुङ
मानिसका लागि मानवअधिकार जस्तै प्रकृतिको पनि अधिकार हुन्छ भन्ने कुरा सुन्दा धेरै जनालाई अचम्म लाग्न सक्छ । हो, प्रकृतिको पनि अधिकार हुन्छ । प्रकृति भन्नाले हाम्रो वातावरणमा विद्यमान प्रमुख पक्षहरू जल, जमिन, वनस्पति, प्राणी, जलचर, थलचर र हावा हुन् । विस्तृत अर्थमा प्रकृति भन्नाले सूर्य, हावा, पानी, माटो जमिन, नदी–नाला, पहाड, पर्वत, हिमाललगायतका निर्जीव वस्तु र रुख–विरुवा, झारपात वा वनजङ्गल, जीवजन्तु वा पशुपन्छीलगायतका समग्र सजीवहरूबीच स्थापित एक अर्काको अस्तित्व र अन्तर सम्बन्ध समेत बुझिन्छ । अर्को शब्दमा यसलाई पारिस्थितिक प्रणाली पनि भनिछ । प्रकृतिको सन्तुलन भन्नाले प्रकृतिप्रति गरिने माया, स्नेह, मानिस र प्रकृतिबीच एक अर्काप्रतिको आदर, सम्मानलगायत आदरपूर्वक व्यवहारबाट निर्माण भएको सन्तुलन पनि हो । प्रकृतिको निरन्तरता पनि यिनै पक्ष वा तìवहरूबीचको सहअस्तित्वमा निर्भर गर्छ । प्रकृतिको पनि मर्मत सम्भार गरी प्रकृतिमा सञ्चालित चक्रहरूको विकास, विस्तार, मर्मत सम्भार र निरन्तरता नै पुनउत्थान आदिको बृहत चक्र वा प्रणाली हो । यस प्रणालीमा कुनै एक पक्षको कमी वा अनुपस्थितिमा सम्पूर्ण प्रणाली नै समाप्त हुने बलियो सम्भावना रहन्छ । प्रकृतिका विभिन्न पक्षबारे अझ विस्तृत अध्ययन अनुसन्धानका साथै जनचेतना बढाउनु पनि जरुरी छ ।
जसरी मानिसले आफ्नो परिवारका सदस्यहरूबीचमा एक आपसमा माया, प्रेम, स्नेह, सम्मान र आदर कायम राखी परिवारलाई सुखी र समृद्ध बनाउन परिवारका सदस्यहरूको समग्र संलग्नता भएपछि मात्र परिवारका युवा सदस्य सामान्यतया सभ्य र सक्षम बन्छन् । परिवारका सदस्यहरू खासगरी आमा, बाबा र बालबच्चाहरूका बीच एक आपसमा, एक अर्कालाई स्नेह, माया र प्रेमका साथै परिवारका सदस्यहरू बीचमा एक किसिमको प्रणाली स्थापित भएको हुन्छ । यही परिवारभित्र एक अर्कालाई अधिकार तथा दायित्वलाई सिकाउँदै घरका सबै सदस्यहरू बीच आफ्नो, काम, कर्तव्य र दायित्वबारे राम्ररी सुविचारित र सुसज्जित पारिवारिक सङ्गठन सञ्चालन गर्न अभ्यस्त गराइन्छ । यही क्रमबाट आफ्ना अधिकार र दायित्वको अपनत्वसहित आ–आफ्नो तहबाट परिवार वा समाजमा स्थापित मूल्य र मान्यता अनुसरण र पालना गरी सन्तुलित परिवारका साथै समाजमा एक सभ्य परिवार सिर्जना गरिएको हुन्छ । यस किसिमका परिवारहरूबीचको अन्तर सम्बन्धले कुनै खास समुदाय मात्र नभएर विभिन्न समुदायहरू बीचमा समेत शान्त र सभ्य समाज निर्माण भएको हुन्छ । यसले सामाजिक अन्तरनिर्भरता विकास गर्दै सामाजिक सद्भावयुक्त सुमधुर सम्बन्ध कायम गरी सामाजिक सन्तुलन कायम गर्छ । यदि परिवारका सदस्यहरू वा समाजका सदस्यहरू बीचमा सन्तुलन कायम हुन सकेन भने विभिन्न प्रकारका असन्तुष्टिहरू देखा पर्छन् । उदाहरणका लागि कुनै निश्चित परिवार वा समाजमा देखापर्ने कलह, द्वन्द्व, झै–झगडा, वैमनस्य, आन्दोलन, सङ्घर्ष, लडाइँ, युद्धजस्ता विभिन्न स्वरूपमा असन्तुष्टिहरू समाजमा प्रकट हुन्छन् । यसलाई समयमा नै समाधान नगरे अपूर्णनीय क्षतिसमेत पु¥याउन सक्छ ।
यसैगरी प्रकृतिका विभिन्न अवयव वा पक्षहरूबीच पनि एक अर्काबीचको सम्बन्धले प्रणाली स्थापित हुन्छ । कुनै एक पक्षको कमजोरीले प्रकृतिमा विद्यमान पारिस्थितिक प्रणालीमा विभिन्न किसिमका असन्तुलन सिर्जना हुन्छन् । प्रकृतिका विभिन्न पक्ष खासगरी अधिकार र दायित्वमा अतिक्रमण भएको अवस्थामा उनीहरूबीचको प्राकृतिक जीवन चक्रहरूमा असन्तुलन देखा पर्छ । यस्तोे असन्तुलनले प्रकृतिमा विभिन्न प्रकोप जस्तै बाढी, पहिरो, डुबान, सुक्खा, खडेरी, आगलागी, महामारी, जैविक विविधताको ह्रास, जलावायु परिवर्तन, लू लाग्ने, शीतलहर, पारिस्थितिक प्रणालीमा असन्तुलनलगायतका प्राकृतिक असन्तुष्टि देखापर्छन् । प्रकृतिमाथि हुने हानिकारक अतिक्रमणले प्राकृतिक नियममा परिवर्तन ल्याउँछ । यसलाई हामी प्राकृतिक प्रकोप भन्छौँं । नेपाली समाजमा प्राकृतिक तरिकाले जीवन बिताउने आदिवासी जनजातिको परम्परा र संस्कृति रहिआएको छ । यसलाई हामी रैथाने संस्कृति, रैथाने ज्ञान र रैथाने जीवनप्रणाली पनि भन्न सक्छौंँ । प्रकृतिलाई सम्मान गर्ने र प्रकृतिको उद्विकाससँग आपूmलाई एकीकृत गर्ने मानव सभ्यताको सिकाइ पनि हो । उदाहरणका लागि आदिवासी जनजातिले आफ्नो बस्ती वरिपरिका खोला, नदी, ठूलो ढुङ्गा वा रुखलाई पूजा गर्ने, ती प्राकृतिक अवयवको जीवनचक्रमा खलबल नपु¥याउने किसिम क्रियाकलापलाई प्रोत्सहन गर्ने, ती तìवहरूसँग आत्मीय र सुमधुर सम्बन्ध स्थापित गरेका हुन्छन् । प्राकृतिक अवयवहरूको संरक्षण गर्ने रैथाने ज्ञानका आधारमा प्रत्येक तìवमा देवीदेवताको बास रहेको छ भन्ने श्रुतिलाई पुस्तान्तरण गरी सम्प्रेषणीय सिद्धान्त विकास गरेका छन् । ती सम्मानित प्राकृतिक वस्तुहरू वरिपरि फोहरमैला वा प्रदूषण वा विनासकारी क्रियाकलाप नगर्नका लागि सचेतना फैलाइएको हुन्छ । अर्को शब्दमा स्थानीय पारिस्थितिक प्रणाली वा प्रकृतिको अधिकारमा अतिक्रमण, खलबल वा असन्तुलन पैदा नगर्नु भन्ने सामाजिक, सांस्कृतिक र पर्यावरणीय दायित्व निर्वाह गर्न प्रेरित गरेको पनि हो ।
आदिवासी जनजातिले प्रकृतिको प्रणालीसित नजिक वा घनिष्ठ सम्बन्ध राखेको पाइन्छ । उनीहरूले प्रकृतिको उच्च सम्मान र आदर गर्छन् । सामान्यतया उनीहरूले प्रकृतिमा स्थापित प्रणालीलाई खलबल्याउन चाहन्नन् । तर दैनिक जीवन निर्वाह गर्ने क्रममा प्रकृतिको प्रणालीलाई सकभर न्यून खलबल वा कम हानिनोक्सानी वा अतिक्रमण गर्ने विधि अपनाइन्छ । यसका लागि अधिकांश आदिवासी जनजातिले प्रकृतिसित पूर्व अनुमति लिने गर्छन् । उदाहरणका लागि नयाँघर बनाउँदा, लामोदुरीको यात्रा सुरु गर्दा वा कुनै पनि शुभकार्यका लागि साइत सार्दा घर नजिक ध्वजा चढाई सम्मान गरिन्छ । नयाँ खेतीपाती वा रोपाइको सुरुआत वा नयाँ बाली भिœयाउँदा प्रकृतिलाई पूजा गर्ने प्रचलन छ । हिँडाइको क्रममा ठूलो उकालो काटेर देउराली पुग्दा त्यहाँ ध्वजा, पाती वा ढुङ्गा चढाउने, यसैगरी हिमाल आरोहण गर्दा पूजा गर्ने प्रचलनलाई प्रकृतिको सम्मानस्वरूप स्नेह प्रकट गरेको मानिन्छ । यति मात्र होइन, परिवारमा नयाँ सदस्य खासगरी छोराको विवाह गरी नयाँ सदस्यको रूपमा बुहारीको स्वागत गर्दा परिवारबीचको सद्भाव तथा सदासयतामा असर नपरोस् भनी घर नजिक ध्वजा चढाएर प्रकृतिप्रति सम्मान गर्ने प्रचलन अझै पनि छ । ऋतु परिवर्तनमा पनि सम्मानित प्राकृतिक तìवहरूमा सम्मान र सद्भाव प्रकट गर्ने गरिन्छ । यी सबै क्रियाकलापले निर्जीव क्षेत्र वा वातावरणमा मानिस पुग्दा मानव–प्रकृतिको सद्भावपूर्ण सम्बन्धमा खलल नपुगोस् र आगन्तुकका क्रियाकलापले वातावरणीय सन्तुलन र प्रकृतिको नैसर्गिक जीवनचक्र हनन् नहोस् भन्ने कुरामा पूर्ण सचेत रही स्वयम् प्रकृतिसित प्रवेश अनुमतिका लागि पूर्व स्वीकृति माग्ने प्रचलन अद्यावधि पाइन्छ । यस्ता मानवीय विश्वासहरूले प्रकृतिलाई पूर्व सूचित गरी मनोवैज्ञानिक स्वीकृति लिन खोजेको भन्न सकिन्छ । यदि आगन्तुकहरूका विभिन्न क्रियाकलापले निश्चित प्रकृति वा प्राकृतिक समुदायमाथि अनादर हुन गएको अवस्थामा माफ पाउँ भनी क्षमा माग्ने पनि गरिएको छ ।
नेपालमा वर्षायाममा बारम्बार आइपर्ने बाढी, पहिरो, डुबानलगायत वर्तमान समयमा भोगिरहेको कोभिड १९ र अन्य कतिपय समयमा भोग्नुपर्ने अनेकौँ प्राकृतिक प्रकोपहरू प्रकृतिको अधिकारमाथिको अतिक्रमणको परिमाण हो पनि भनिन्छ । प्रकृति संरक्षणसम्बन्धी सरकारका विभिन्न निकायले तयार गरेका ऐन, कानुन, नियम तथा मापदण्डलगायत मौसम विभागले भविष्यवाणी गरेका वर्षात्को प्रवृत्तिलाई समेत बेवास्ता गर्दा आज हामीहरूले विनाशकारी भयनाक प्रवृत्तिका प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको छ । नदी पनि प्रकृतिको एक अंश वा पक्ष हो । नदी वा खोला आफ्नो नियमित, स्वाभाविक अर्थात् प्राकृतिक बाटोमा निरन्तर बगिरहन्छ । तर अविवेकी मानवले नदीको प्राकृतिक वाहव वा बग्ने अधिकारलाई परिवर्तन गराउन विभिन्न भौतिक पूर्वाधारहरू निर्माण गरी ‘विकासको खेती’ गरिरहेका हुन्छांँै । नदी वा खोलाको वहाव मार्गमा बाधा पुग्ने गरी खासगरी बाँंध, पुल, सडक, भवन, नहर, पोखरी, खेल मैदान, खेतबारी वा माछा वा कृषि फर्मलगायतका अनेकौँ भौतिक संरचनाहरू निर्माण गरिंदै आएको छ । यसरी नदीको प्रकृतिको नैसर्गिक अधिकारमाथि अतिक्रमण गरी मानव समुदायको हितमा विभिन्न किसिमका विकास अभियानहरू सञ्चालन भइरहेका हुन्छन् । यी व्यवसायहरूलाई सरकारका विभिन्न ऐन, कानुनद्वारा निजी सम्पत्ति संरक्षणको नाममा संरक्षण गरिएको छ । तर यी भौतिक कार्यहरू निर्माण गर्दा नदी वा खोलाको स्वाभाविक प्राकृतिक प्रणाली वा अधिकार वा चक्रमा अवरोध उत्पन्न गरी तिनको स्वाभाविक बाटो सांँघुराइ दिएको पाइन्छ । मानव बस्ती विकास क्रममा सहरहरू खोला वा नदीको किनार च्यापेर घर वा भवन साथै बस्तीहरू निर्माण गरिएका छन् । यस किसिमका गतिविधिले मानिसलाई क्षणिक रूपमा फाइदा पुगेको भए पनि अन्तत्वोगत्वा यसले मानिसको धनजन विनाश गरी विवेकशील मानिसलाई निश्चित रूपमा घात मात्र नगरी निश्चित क्षेत्रमा खुम्चाइदिने गर्छ । हालै मेलम्ची क्षेत्रमा आएको बाढी तथा डुबानको समस्यामा पनि यो कुरा देखिएको छ ।
विश्वभर हजारांँै कानुनी प्रणालीहरूले प्रकृति र जमिनलाई सम्पत्तिको रूपमा उपयोग गर्दै आएका छन् । निजी, व्यापारी कम्पनीलगायत अन्य कानुनी एकाइको सम्पत्तिको अधिकारको सुरक्षा गर्न विभिन्न कानुन र सम्झौता तयार गरी लागू गरिएका छन् । वास्तवमा, यिनै वातावरण तथा प्रकृति संरक्षण कानुनहरूले वातावरणीय ह्रास खासगरी प्रदूषण र विनाशलाई कानुनी रूपमा कति सम्बोधन गर्न सकेका छन् भन्ने विषय प्रकृति र गैर मानव पक्षले बुझ्दैनन् । त्यसैले हामी सचेत मानिसले प्रकृति स्वयंलाई पनि सम्मान गर्नुपर्ने समय आएको छ । वातावरण तथा सम्पत्ति संरक्षणका विभिन्न ऐन, नियम तथा भौतिक विकासले प्रकृतिको जीवनचक्र तथा प्रणालीहरूमा अतिक्रमण गर्दै आएको छ । हाम्रा धर्म, रीतिथिति, संस्कार र संस्कृतिहरूले प्रकृतिलाई संरक्षण गर्छन् । तर तिनलाई राज्यका नियम कानुनका आधारभूत ज्ञान मानिएको छैन । हाम्रो रैथाने संस्कार र संस्कृति स्खलन हँुदै गएका कारण प्रकृति र मानवबीच सम्बन्धका सैद्धान्तिक र व्यावहारिक ज्ञान पनि ओझेलमा पर्दै गएका छन् । फलतः न नयाँ पद्धतिले मानिसलाई पूर्ण सुरक्षित गर्न सक्यो न त रैथाने ज्ञानले नै राज्यको औपचारिक तहमा स्थान पायो ।
कानुनी रूपमा नै प्रकृतिको अधिकार संरक्षण गर्नुपर्ने समय आइसकेको छ । दक्षिण अमेरिकाको भूमध्यरेखीय देश इक्वेडरको संविधानले प्रकृतिको अधिकारलाई सुरक्षित गरेको छ । यसैगरी युरोप, एसियालगायत विभिन्न दक्षिण अमेरिकी देशमा प्रकृतिको अधिकारसम्बन्धी कानुनी व्यवस्था गर्न थालिएको छ । जसरी मानिसले मानवअधिकार प्राप्त गरेका हुन्छन्, त्यसैगरी प्रकृतिले पनि जीवन्तताको अधिकार राख्छ । प्रकृतिको अधिकारलाई सुरक्षित गरी पारिस्थितिक प्रणालीको सुशासन अभियान चलाउन आवश्यक छ । यसलाई समयमा नै कानुनी व्यवस्थाद्वारा संरक्षण गर्नका साथै जनचेतना अभिवृद्धि गरी प्राकृतिक विपत्ति तथा प्रकोप न्यूनीकरण गर्न सहयोगी बन्नेछ ।
(लेखक वातावरणविद् हुनुहुन्छ ।)