logo
२०८० चैत्र १६ शुक्रवार



आफ्नै लागि सिमसार संरक्षण

विचार/दृष्टिकोण |




जुद्धबहादुर गुरुङ

सिमसार विभिन्न स्वरूपमा जताततै छन् । साधारणतया मनसुनताकाको बाढी होस् वा स्थायीरूपका समुद्र तटीय क्षेत्र– सबै सिमसार हो । तर सर्वमान्य परिभाषाअनुसार सिमसार पानीले ओगटेको क्षेत्रलाई भनिन्छ जुन विभिन्न आकार तथा प्रवृत्तिका छन् । रामसार महासन्धिले विश्वमा ४१ किसिमका सिमसार छन् भनी वर्गीकरण गरेको छ । उदाहरणका लागि धाप, दह, कुवा, कुण्ड, पोखरी, ताल, नदी, नदी तटीय क्षेत्र, धान खेत, जलाशय, माछापोखरी, समुद्र किनार क्षेत्रलगायतका पानीको क्षेत्र । सामान्यतया सानोमा एक हेक्टरदेखि ठूलामा छ लाख हेक्टर क्षेत्रफलमा फैलिएको पाइन्छ यस्ता सिमसार । दक्षिण अमेरिकी देश बोलिभियाको लानोस दी मोसोसरामसार सूचीकृत अर्थात् संरक्षित विश्वका सबभन्दा ठूलो सिमसार क्षेत्र हो । यसको क्षेत्रफल एक लाख १० हजारदेखि दुई लाख वर्ग किलोमिटर छ । नेपालमा छ किसिमका सिमसार पहिचान गरिएको छ । हालसम्म रामसार सूचीमा नेपालका १० वटा ताल क्षेत्र सूचीकृतभइसकेको छन् ।
सिमसारको महìव ः
मानव जीवनलगायत विश्वका सजीवका लागि एक महìवपूर्ण तथा बहुउपयोगी क्षेत्र हो सिमसार क्षेत्र । यस क्षेत्रले सजीवका लागि पानीको स्रोत उपलब्धता सुनिश्चित गराउँछ । विश्वभर उपलब्ध जल क्षेत्रमध्ये लगभग तीन प्रतिशतभन्दा कम परिमाण ताजा पानीले ओगटेको छ जुन अधिकांश जमेको अवस्था छ । सामान्यतया एक जना मानिसलाई खाना पकाउन, पिउन र सरसफाइका लागि सरदर २० देखि २५ लिटर पानी आवश्यक पर्छ, त्यो सिमसार क्षेत्रले उपलब्ध गराइन्छ । सिमसार क्षेत्रले भूमिगत जलस्रोतलाई पनि पुनर्भरण गराई मानव जातिका लागि पानी आपूर्तिको भूमिका निर्वाह गरेको हुन्छ ।
सिमसार मानव जातिका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्ति गराउने एक महìवपूर्ण क्षेत्र हो । सामान्यतया एक जना मानिसले प्रति वर्ष १९ केजी माछा उपभोग गर्ने अनुमान गरिएको छ, जुन सिमसार क्षेत्रबाट उपलब्ध हुन्छ । माछाको अधिकांश आपूर्ति सामुद्रिक क्षेत्रका बासिन्दाहरूको दैनिकी पेसा छ । विश्वस्थलीय पारिस्थितिक प्रणालीको महìवपूर्ण क्षेत्रमध्ये सिमसार एक हो । यसले कृषिजन्य रासायनिक विषादी, औद्योगिक प्रदूषण तथा खानी उत्खननलगायत अन्य क्षेत्रद्वारा उत्सर्जित प्रदूषित पानीलाई प्राकृतिकरूपमा शुद्धीकरण गर्छ । जल प्रदूषण खासगरी गहु्रँगो धातु तथा विषादीलाई सोसेर जमिनको विभिन्न तह वा पत्रहरू, वनस्पति र सामुद्रिक जीवनशैलीमा उपयोग गर्छ । त्यसैले सीमसार क्षेत्रलाई प्राकृतिक मिर्गौला पनि भनिन्छ । विश्वभरका लगभग दुई अर्ब एसियाली र ३८ करोड युरोपेली मानिस भूमिगत जलस्रोतमा निर्भर छन् ।
सीमसार क्षेत्रसित प्राकृतिक विपत्, खासगरी बाढी र सुख्खा थेग्न सक्ने अथाह क्षमता हुन्छ । उदाहरणका लागि भीषण वर्षाद्वारा सिर्जित बाढीले नदी तटीय क्षेत्रका सिमसार तथा घाँसे मैदानले बाढीको बहावसित आएको पानीलाई सोस्छ भने सुख्खा याममा सिमसार क्षेत्रको पानी स्थानीय समुदाय तथा सजीवहरूका लागि आवश्यक पानी आपूर्तिको प्रमुख स्रोत बन्छ । यसरी सिमसार क्षेत्रले बाढी र सुख्खाजस्ता प्राकृतिक विपत्का लागि सुरक्षा कवचको रूपमा कार्य गरिरहेका छन् । धाप क्षेत्र (वेटल्याण्ड) विश्वभर लगभग तीन प्रतिशत क्षेत्रफल रहेको अनुमान छ तर यसले विश्व कार्बन सञ्चितीको लगभग ३० प्रतिशत भण्डारण गर्ने क्षमता राख्छ । यो विश्वभरको वन क्षेत्रले भण्डार गर्ने कार्बनभन्दा दोब्बर क्षमता भएको अनुमान गरिएको छ । यसले विश्व जलवायु परिवर्तनमा कार्बन उत्सर्जनले पार्ने प्रभाव न्यूनीकरणका लागि महìवपूर्ण भूमिका खेल्छ ।
सिमसार क्षेत्र जैविक विविधताको महìवपूर्ण क्षेत्र हो । यस क्षेत्रमा लगभग एक लाख प्रजाति (जीव) ताजा पानीको वासस्थानमा पाइन्छ र यो सङ्ख्या बढ्दैछ । सन् १९९९ देखि २००९ सम्मको अवधिमा ब्राजिलको अमेजन क्षेत्रको सिमसारमा ताजा पानीमा वासस्थान भएका दुईसय ५७ नयाँ प्रजाति पत्ता लागेको थियो । जलचर, उभयचर तथा केही चरा वर्गका प्रजातिको प्रजनन तथा बसाइँसराइका लागि सिमसार क्षेत्र आधारभूत आवश्यकताभित्र पर्छ । सिमसार क्षेत्रले जीविकोपार्जनका लागि दिगो उत्पादकहरूको सिर्जना गर्छ । यस क्षेत्रमा विश्वका लगभग छ करोड १८ लाख मानिस प्रत्यक्षरूपमा माछा पेसाद्वारा आम्दानी गर्छन् । उनीहरूका लगभग ६६ करोड परिवारका सदस्य यसकै आम्दानीमा निर्भर छन् । यसबाहेक सिमसार क्षेत्रको दिगो व्यवस्थापनले घर निर्माणका लागि काठ, पशुपालनका लागि घाँसपात, मानिसका लागि जडीबुटी, वनस्पति तेल, लुगालगायतका सामग्रीहरू उत्पादन मात्र नभई मनोरञ्जन वा पर्यटकका लागि प्रमुख गन्तव्य बनाउँछ । यस क्षेत्रबाट सिर्जित रोजगारी र आर्थिक विकास अकल्पनीय छ ।
वर्तमान अवस्था
बहुउपयोगी सिमसार क्षेत्र दिनहुँ तीव्र गतिमा मासिँदैछ । वैज्ञानिकहरूका अनुसार विश्वभर लगभग ६४ प्रतिशत सिमसार क्षेत्र सन् १९०० देखि मासिन थालेको छ । एसिया महादेशका सिमसारहरू सबभन्दा तीव्रगतिमा मासिँदैछन् । समुद्र तटीय क्षेत्रका भन्दा बढी स्थलीय क्षेत्रका सीमसार तीव्र गतिमा
मासिँदै छन् ।
रामसार सचिवालयको सहकार्यमा विश्वभरका एकहजारभन्दा बढी सिमसार क्षेत्रमा गरिएको अध्ययनअनुसार सन् १९७० देखि २००८ का बीचमा सरदर ४० प्रतिशत सिमसार साँघुरिएको अनुमान गरिएको थियो । केही वर्ष पहिले विश्व वन्यजन्तु कोषद्वारा गरिएको अध्ययनअनुसार सन् १९७० देखि २०१० सम्म ७० प्रतिशत सिमसार क्षेत्रका प्रजाति हराएको प्रतिवेदन छ । सिमसार मासिँदा विश्वभर एक दुई अर्ब मानिसलाई पिउनका लागि ताजा पानीको अभाव मात्र नभई बढी नियन्त्रण, कार्बन भण्डारणलगायत परम्परागत पेसामा आश्रित जीवनशैलीमा प्रत्यक्ष प्रभाव परेको छ । दुुर्भाग्यवश विश्व मानव समुदाय सिमसार क्षेत्रहरूलाई खराब भूमि ठानेर ग्रसित छ । अधिकांश मानिसले सिमसारको महìव बुझेका छैनन् । यसलाई फोहोरामैला सङ्कलन केन्द्रलगायत अन्य प्रयोजनका लागि उपयोग गर्ने परम्परागत चलन छ ।
यसरी देखिएका विभिन्न कारक तìवहरू वर्गीकरण गर्दा भू–उपयोग नै प्रमुख कारक रहेको देखिन्छ । सिमसार क्षेत्रहरू कृषि तथा चरण क्षेत्रमा परिणत गराउने, बाँध तथा नहरमा परिणत गराउने, बस्ती विकास गर्ने गरिएको छ । यसकारण सिमसार क्षेत्रमा अधिक मात्रामा वायु तथा जल प्रदूषण बढेको छ ।
सीमसार क्षेत्र अतिक्रमणको प्रवृत्ति देश र क्षेत्रअनुसार भिन्नभिन्न छन् । अमेरिकी फिस एण्ड वाइल्डलाइफ (जमिन रवन्यजन्तु) ले १९९८ देखि २००९ को अवधिलाई आधार मानी गरेको अध्ययनअनुसार सिमसार मास्ने चार प्रमुख कारकमध्ये सिमसार क्षेत्र कृषि तथा वन परिणत गराउने ४२ प्रतिशत, गहिरो पानीको वासस्थान निर्माण गर्ने २४ प्रतिशत, सहरीकरण १९ प्रतिशत, ग्रामीण विकास १५ प्रतिशत रहेको प्रतिवेदन छ । नेपालका सन्दर्भमा सिमसारलाई केन्द्रित गरी अध्ययन अनुसन्धान भएका छैनन् ।
तर सन् २००९ मा तालको अभिलेख तयार गर्न हवाई नक्साको आधारमा ५३५ आठ वटा ताल उल्लेख गरिए । स्थलगत अध्ययनमा सो सङ्ख्या ज्यादै न्यून भेटिएको छ । सन् २००९ पछि विभिन्न समयमा गरिएको अध्ययनले नेपालभर लगभग एक हेक्टरभन्दा ठूला क्षेत्रफल भएका ज्यादै न्यून लगभग पाँचसय भन्दा कम ताल अभिलेख भएको छ । ताल अनुमानितभन्दा कम हुनुमा अध्ययनको क्रममा मानवीय कमजोरी, ताल अभिलेख गर्दा निर्धारण गरिएको मापदण्ड, हवाई नक्सा तयार गर्दा र अभिलेख राख्ने समयको अन्तराल, जलवायु परिवर्तनको प्रभाव आदि कारण हुन सक्छन् । तर पोखरा उपत्यकाका नौ ताल एकीकृत तालबेसीं व्यवस्थापन कार्य योजनामा यस क्षेत्रको ताल क्षेत्रमा मानवीय अतिक्रमण, थिग्राने प्रक्रिया, मिचाहा प्रजाति र वातावरणीय प्रदूषण रहेको उल्लेख छ ।
सिमसार संरक्षणका प्रयासहरू
अन्तर्राष्ट्रिय स्तरमा सन् १९७१ मा सिमसार क्षेत्रको संरक्षण गर्ने विश्व समुदायको प्रतिबद्धतास्वरूप रामसार महासन्धि कार्यान्वयनमा छ । यसले अध्ययन, अनुुसन्धानलगायत जनचेतना अभिवृद्धिका लागि प्रत्येक वर्ष फ्रेबुअरी २ लाई विश्व सिमसार दिवसको रूपमा मनाउँदै आएको छ । नेपाल पनि यसको पक्ष राष्ट्र छ । नेपाल सरकारले वि.सं. २०६३ मा राष्ट्रिय ताल संरक्षण विकास समिति गठन ग¥यो । सिमसार नीति २०६९ बनायो । गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण २०७५ को ऐनद्वारा कार्यालय नै स्थापित गरेको छ । अब तीन तहको सरकारले एकीकृतरूपमा सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने समय आएको छ । यस वर्षको विश्व सिमसार दिवस २०२१ ले तय गरेको ‘पानी र सिमसार’ भन्ने नारालाई सार्थक बनाउन तीन तहका सरकारले एकीकृत योजना बनाई प्रभावकारी कार्यान्वयनको आवश्यकता छ ।
(लेखक संरक्षणविद् हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?