संविधान होइन, सोच बदलौँ
गोरखापत्र अनलाइन
बैशाख २, २०७८ बिहीबार
लामो अस्थिरतापछि तीन वर्षपहिले देशले सशक्त अनि बलियो सरकार पायो । सबल राष्ट्रनिर्माणमा द्रुत सकारात्मक गतिको आशा चुलियो । आमनागरिकको हितमा आकर्षित लोक कल्याणकारी राज्य निर्माणको अपेक्षामा लेखक डम्बर खतिवडाको पुस्तक ‘समाजवादको यात्रा’ले यस प्रसङ्गलाई राम्ररी उठान गरेको छ । अफसोस, सरकार निर्माणको सुरूवाती बेलादेखि नै अनेकन अशुभ तथा प्रायोजित व्यवधान प्रचुर रूपमा उदाए । यद्यपि रानीपोखरी, धरहरा, दरबार स्कुल,...