जी–सेभेन, बीथ्रीडब्ल्यू र बीआरआई
गोरखापत्र अनलाइन
असार ८, २०७८ मंगलवार
विश्वका धनी भनेर चिनिने जी–सेभन (ग्रुप सात) देशका राष्ट्रप्रमुख ४७औँ शिखर सम्मेलनका लागि लन्डनबाट दक्षिण–पश्चिममा रहेको सुन्दर सामुद्रिक किनार कर्नवालमा जम्मा भए– जुन ११–१३ सम्म । तीन दिन भएको उक्त छलफलमा कोरोना भाइरसले आक्रान्त विश्वलाई कसरी छिट्टै खोप उपलब्ध गराउने, कोरोनाले अर्थतन्त्रमा पारेको गहिरो खाडलबाट कसरी विश्वलाई पूर्ववत् रूपमा फर्काउने, व्यापार, जलवायु, विकासशील दुनियाँलाई दिगो विकास र पुनःनिर्माण...