logo
२०८१ बैशाख १४ शुक्रवार



कोभिड–१९ पछि साइकल लेन

विचार/दृष्टिकोण |




डा. रामहरि पौड्याल

साइकल यातायातका लागि एक सरल किफायती भरपर्दो सुरक्षा वातावरणका लागि सबैले प्रयोग गर्न सक्ने बहुआयामिक फाइदाको महŒवलाई सबैसामु पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१८ बाट हरेक वर्ष जुन ३ का दिन अन्तर्राष्ट्रिय विश्व साइकल दिवस मनाउने परम्पराको थालनी गरेको छ । सहरवासीले आफ्नोवरिपरिको क्षेत्रमा आवतजावत गर्नका लागि कारको प्रयोग गर्नुको सट्टा साइकलको प्रयोग गर्नाले हरेक व्यक्तिले सयौँ लिटर पेट्रोलियमको प्रयोग घटाउनेछन् । यसले पेट्रोलका लागि खर्चिने पैसामात्र नभएर, सहरको प्रदूषणलाई कम गर्न कार्बन ‘इमिसन’ घटाउनसमेत ठूलो भूमिका खेल्छ । सार्वजनिक यातायातमा हुने भीडभाड, सामाजिक
(भौतिक) दूरीको समस्या, व्यक्तिगत सुरक्षा– सबैका दृष्टिले साइकल एउटा निकै भरपर्दो सबै स्तरका मानिसले प्रयोग गर्न सक्ने यातायातको साधन हो ।

साइकलको विश्व इतिहास
युरोपियन देशहरूमा साइकलको प्रयोगको विचार मान्छेमा अठारौँ शताब्दीको उत्तराद्र्धमा सुरु भएको पाइन्छ । यद्यपि, यसको मूर्त रूप सर्वप्रथम सन् १८१६ मा पेरिसका एकजना कामदारले गरेका थिए । उक्त यन्त्रलाई काठको घोडा भनिन्थ्यो तिनताका । खुट्टाले पेडल घुमाएर चलाइने उक्त यन्त्रको आविष्कार सन् १८६५ मा पेरिसनिवासी लालेमेले गरेका थिए । यो यन्त्रलाई तिनताका ‘वेलासिपिड’ भनिन्थ्यो । यो चढ्दा निकै थाकिन्थ्यो । त्यसकारण यसलाई ‘बोन शंकर’ पनि भनिन्थ्यो । यो लोकप्रिय हुनेबित्तिकै बेलायत, फ्रान्स र अमेरिकाका इन्जिनियरहरूले सुधार गरेर नयाँ रूप दिए सन् १८७२ मा । फलामका पाङ्ग्राहरू राखेर सुधार गरियो । यसको अगाडिको पाङ्ग्रा ३०÷६४ इन्च व्यासको थियो र पछिल्लो पाङ्ग्रा १२ इन्च व्यासको थियो । जसमा क्रेङ्कको साथै लन्डनको साइकल लेन अतिरिक्त बेरिङ र ब्रेकको समेत व्यवस्था थियो ।
नेपालमा साइकल
नेपालमा साइकलको इतिहासबारे औपचारिक रूपमा कुनै लिखित प्रमाण भेटिँदैन । तथापि, छिमेकी भारतमा सन् १९४७ को स्वतन्त्रतापछि साइकल यातायात व्यवस्थाको एउटा अनिवार्य हिस्सा बन्यो । सन् १९६० देखि १९९० सम्म साइकल समाजको एउटा अभिन्न अङ्ग बन्यो ‌। त्यसकै प्रभावअनुसार नेपालमा पनि साइकलको सुरुवात भएको देखिन्छ । नेपालमा साइकल भिœयाउन सबैभन्दा पहिले राणा परिवारकै हात देखिन्छ । राणाहरूले भारत तथा बेलायतबाट साइकल ल्याई चढ्थे । २००७ सालको प्रजातन्त्रसँगै सर्वसाधारणको पहुँचमा साइकल पुगेको देखिन्छ । ‘नेपालमा साइकललाई सर्वसाधारणको पहुँचमा पु¥याउने श्रेय ‘पञ्चनारायण अष्टनारायण साइकल पसल’लाई जान्छ । तत्कालीन समयमा राणा परिवारले काठमाडौँको टुँडिखेलमा साइकल चलाएको देखेका अष्टनारायण मानन्धरले आमाको श्राद्ध गर्न भारत जाँदा संयोगवश साइकल पसल देखे र साइकलको व्यापार गर्ने लक्ष्य बनाए । सोही योजनाअनुरूप नेपाल फर्कंदा उनले कोलकाताबाट छवटा साइकल ल्याएर व्यापार सुरू गरेका थिए । उक्त समयमा उपत्यकालाई जोड्ने सडक सुविधा नभएको हुँदा उनले भीमफेदीबाट भरियालाई बोकाएर साइकल ल्याएका थिए । उनले विक्रम संवत् १९७० तिर कमलाक्षीमा नेपालकै पहिलो साइकल पसल खोलेका थिए । बुवा अष्टनारायणले थालेको व्यवसायमा रुचिका साथ लागेका तीर्थनारायण मानन्धरले साइकलको व्यापारलाई निरन्तरता दिए । कोलकाताबाट सुरू गरेको साइकल व्यवसायमा पछि उनले बेलायतबाट समेत पाटपुर्जा ल्याएर बेच्न थाले । भारतमा साइकल उत्पादन गर्ने कारखाना खुलेपछि त्यहीँबाट पाटपुर्जा मगाउन थालेका थिए । उनका पालामा साइकलको मूल्य कति थियो भन्ने कुनै जानकारी नभए पनि विसं १९९० तिर तीर्थनारायणका पालामा बेलायती साइकलको मूल्य ९० रुपियाँ र भारतमा बनेको ‘हर्कुलस’को मूल्य ६० देखि ६५ रुपियाँसम्म थियो ।’ (कृष्ण गिरी, आर्थिक अभियान,
डिसेम्बर २०१३)
२०६८ सालको जनगणनाअनुसार नेपालका एकतिहाइ घरमा साइकल छन् र सहरी क्षेत्रमा ३० प्रतिशत । ५६.४७ प्रतिशत मान्छे पैदल हिँड्छन्, तिनीहरूसँग साइकलसमेत छैन । यसरी आधाभन्दा बढी मान्छेको सडक सुरक्षा, तिनको सडकमा आवतजावतको ग्यारेन्टी कसले गर्ने ? बिचरा गरिब तिनीहरू सडक दुर्घटनाको सिकार बनेका छन् । प्रदूषित धूलो धूँवाको भुक्तभोगी बनेका छन् । यो सहरको विकसित इन्फ्रास्ट्रक्चर (पूर्वाधार) तिनका लागि नभएरमात्र १.५७ प्रतिशत कार चढ्ने धनीमानीहरूका लागि हुनु एउटा डरलाग्दो विभेदको
सङ्केत हो ।
‘घामपानी नभनेर, भोक–तिर्खा नभनेर
पूर्व–पश्चिम बाटो बनायो’
के पायो नि कुल्ली दाइले
के खायो नि कुल्ली भाइले
ठेकेदारले पैसा कमायो
अर्कैले ट्याक्सी गुडायो’ (खुसीराम पाख्रिन)
यो श्रमजीवीहरूको गीत गाएर उनीहरूकै दुईतिहाइको सरकार हुँदा भर्खरै एउटा साइकल चालक मोटरसाइकलको ठक्करले मृत्यु भएको नमीठो समाचारले देशको पैदल यात्रा र साइकल यात्राको एउटा भयावह अवस्था प्रतिविम्बित गर्दैन र ?
एक दशकअघिसम्म चितवनले ‘साइकलको राजधानी’ संज्ञा नै पाएको थियो । घरैपिच्छे कम्तीमा दुईवटा साइकल त्यहाँको विशेषता नै थियो । हिजो साइकल चढ्ने मेरा बुवा, काकाहरूको पुस्ता निरोगी थियो ।
जब साइकल छाडेर मोटरसाइकल किने अनि चढ्न थाले कार । छोड्न थाले खेतीबाली, अहिले सबै सुगर, कोलस्ट्रोल, ब्लड प्रेसरबाट ग्रसित छन् । सहरीकरण बढ्दै जाँदा साइकलको ठाउँ मोटरसाइकल र कारले लिन थाले । सहरी क्षेत्रमा त साइकल लेनसम्म बाँकी रहेन । नीति, कार्यक्रम, बजेट बनाउँदा साइकल प्रयोगकर्ताहरूको आवश्यकताप्रति पनि ध्यान जाओस् र मानव सभ्यता र पृथ्वीकै भविष्य सुरक्षाका लागि साइकलमैत्री संस्कृति र पूर्वाधारको प्रवद्र्धनका लागि सबै तहका सरकारले पहल गर्नुपर्ने बेला आएको छ ।

साइकलका फाइदा
दैनिक आधा घण्टा साइकल चलाएर शरीरको मोटोपन कम गर्न र आफूलाई तन्दुरुस्त राख्न सकिन्छ । आश्चर्यजनक रूपमा प्रतिरक्षा प्रणाली बढ्छ । एउटा रिपोर्टअनुसार मात्र आधा घण्टा साइकल चलाउँदा शरीरको प्रतिरक्षा कोषहरू सक्रिय हुन्छन् र बिरामी हुने खतरा पनि कम हुन्छ ।
दिनहुँ साइकल चलाउँदा घुँडा दुख्ने रोगबाट पीडित मानिसलाई राहत मिल्छ । एउटा अनुसन्धानअनुसार हरेक दिन ३० मिनेट साइकल चलाउने मान्छेको दिमाग साधारण व्यक्तिको भन्दा बढी सक्रिय हुन्छ र दिमागको शक्ति बढ्ने सम्भावना पनि १५ देखि २० प्रतिशतले बढ्छ । साइकल एउटा यस्तो सस्तो उपकरण हो, जसलाई चलाउन पट्रोल, डिजेलको आवश्यकता पर्दैन । यसबाट पैसा बचत हुनुको साथै स्वास्थ्यमा असाधारण परिवर्तन हुन्छ । बेलायतमा गरिएको एउटा अनुसन्धानअनुसार विद्यालय जाँदा हिँडेर वा साइकलमा जाने विद्यार्थीहरू कारमा पु¥याइने विद्यार्थीभन्दा पढाइ र अन्य क्रियाकलापमा बढी सक्रिय भएको पाइएको थियो ।

संसारबाट सिकौँ
बेलायत सरकारले भर्खर ५० हजार साइकल मर्मत गर्ने भौचर जारी गरेको छ । प्रत्येक ५० पाउन्ड मूल्यको उक्त भौचरले मान्छेलाई उनीहरूका बिग्रिएर थन्किएका बाइकहरू बनाएर सडकमा निस्कन मद्दत गर्नेछ ।
कोरोना भाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । अर्कातिर साइकलको मागमा १७ प्रतिशतले वृद्धि भएको छ । बेलायतले कोभिड–१९ बाट बच्ने रणनीतिस्वरूप साइकल र पैदल यात्रालाई प्रोत्साहन गर्न छुट्टै सरकारी निकाय गठन गरेको छ । २.८ विलियन (अर्ब) पाउन्ड साइकल र पैदलमैत्री संरचना बनाउन खर्च गर्ने निर्णय गरेको छ । बेलायतको रोयल कलेज अफ फिजिसियन एन्ड पिडियाट्रिक एन्ड चाइल्ड हेल्थले जनाएअनुसार वायु प्रदूषण एउटा ठूलो समस्याका रूपमा देखिएको छ र हरेक वर्ष ४० हजार मान्छेको मृत्युका कारण भएको छ । यो सामाजिक समस्यालाई दिगो समाधान गर्न बेलायतले सन् २०४० बाट पेट्रोल र डिजेलका गाडीहरूको बिक्रीलाई बन्देज लगाउँदै छ । त्यस्तै, सन् २०५० सम्ममा यस्ता गाडीहरूलाई गुड्न पूर्णतया बन्देज लगाइने भएको छ । बेलायतले अति प्रदूषित कारहरूलाई ‘टक्सिसिटी’ चार्ज लगाएको छ । बेलायतले गरेको यो पेट्रोलियम र डिजेल कारमाथिको प्रतिबन्ध फ्रान्सले गरेजस्तै हो । त्यस्तै, नेदरल्यान्ड, नर्वेले यस्ता कारहरूलाई सन् २०२५ बाटै थान्को लगाउँदै छन् । जर्मनी र भारतले सन् २०३० सम्ममा यो कार्य सम्पन्न गर्ने आफ्नो लक्ष्य बनाएका छन् ।
यद्यपि, आलोचकहरूले बेलायतको यो पेट्रोल कारको बन्देजको लक्ष्य लामो नहुने भनेर ध्यानाकर्षण गरिरहेका छन् । तुरुन्त यो जनस्वास्थ्यसँग गाँसिएको सवालमा सरकारले चासो राख्नुपर्ने भनेर सचेत गराएका छन् । कार निर्माण कम्पनीहरू सचेत भएका छन्, आफ्ना उत्पादनलाई कसरी कार्बन न्युट्रल गर्ने भनेर लागेका छन् । भल्भो नामक कार उत्पादन गर्ने कम्पनीले सन् २०१९ बाटै पेट्रोलियम गाडीको उत्पादन छोडेर बिजुली गाडी र हाइब्रिड (शंकर) गाडीमात्र उत्पादन गरिरहेको छ । इटालीको मिलानले कोरोनापछि कार्बन उत्सर्जनको मात्रालाई कम गर्न कारको प्रयोगमा कमी ल्याउने र ३५ किमि क्षेत्रमा साइकल लेन, वाकिङ (पैदल) लेन बनाउने निर्णय गरेको छ । यो सहरको वरिपरि लम्बार्डी क्षेत्रमा कोरोना भाइरसको महामारी फैलिएको थियो, जुन युरोपकै सबैभन्दा प्रदूषित क्षेत्र मानिन्छ । हालै अमेरिकाको हार्भर्ड युनिभर्सिटीमा गरिएको अनुसन्धानले प्रदूषित क्षेत्रमा कोरोना भाइरसको प्रकोप दोब्बर हुने कुरा पत्ता लागेको छ ।
अन्त्यमा, महामारीपछिको भविष्यको खाका बनाउने आफ्नो जीवनशैलीलाई बदल्ने सुअवसरसमेत हो सबैलाई । नेपालले केही सिकोस् नवीकरणीय ऊर्जा, बिजुली गाडीको महŒव, साइकल लेनको रणनीतिक चासो, ऊर्जाको क्षेत्रमा आत्मनिर्भरता, ऊर्जा सुरक्षा, बढ्दो बजेट घाटा, सहरमा हुने धूलो, धूँवा सबैको उपायलाई आफ्नो स्थायी रणनीति बनाओस् । जैविक विविधतालाई सम्मान, साझा पृथ्वीका सबै ८४ लाख जीव, वनस्पति र पर्यावरणलाई माया गर्ने संस्कारको विकास, जीवनस्तरमा आमूल परिवर्तन ल्याउनुपर्नेमा कतै हामी उल्टो बाटोतिर लागिरहेका त छैनौँ ?
(लेखकले फाइव जी डायबिटिज युके च्यरिटीका लागि सेप्टेम्बर महिनाभरि २०० किमि साइकल यात्रा गर्नुभएको छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?