logo
२०७९ माघ २० शुक्रवार



नदी र जीवन

विचार/दृष्टिकोण |




डा. रामहरि पौड्याल

पानी र सरसफाइको पहुँच जीवनको पूर्वसर्त र घोषणा गरिएको मानव अधिकार हो । त्यसैले पानी दिगो विकासका लागि अत्यन्त महìवपूर्ण मानिन्छ स्वास्थ्य र पोषणदेखि लैङ्गिक समानता र अर्थशास्त्रसम्म । आउँदा वर्षमा, हाम्रा पानी सम्बन्धित चुनौतीहरू अत्यन्त जरुरी हुनेछन् । जनसङ्ख्याको बढ्दो माग र द्रुत गतिमा विकास भइरहेको विश्वव्यापी अर्थतन्त्रले जलवायु परिवर्तनको प्रभावका साथ पानी र पानीको पहुँचको अभाव बढाउने छ । धेरै विशेषज्ञहरूको भनाइअनुसार पानीको अप्रत्याशित आपूर्तिले भविष्यमा सामाजिक–आर्थिक प्रगतिमा बाधा पु¥याउन सक्छ ।
नदीहरूका लागि अन्तर्राष्ट्रिय कार्य दिवस हरेक वर्ष मार्च १४ मा पर्दछ । यो पारिस्थितिक अवलोकन सन् १९९८ मा पहिलोपटक नदीहरूका लागि अन्तर्राष्ट्रिय कार्य दिवसका रूपमा मनाइएको थियो । यो उत्सव संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा पर्यावरणीय सङ्गठन ‘अन्तर्राष्ट्रिय नदीहरू’द्वारा सुरु गरिएको थियो । यस पहललाई मार्च १९९७ मा बाँधद्वारा प्रभावित मानिसको पहिलो अन्तर्राष्ट्रिय बैठकमा सहभागीहरूले समर्थन गरेका थिए । त्यही बेलादेखि मार्च १४ अवलोकनको मिति बन्यो, किनकि त्यो जलस्रोतमा विश्वकै धनी भनिएको ब्राजिलले सुरु गरेको ठूला बाँधविरुद्धको कार्य दिवस थियो ।
अन्तर्राष्ट्रिय नदीहरूका लागि कार्य दिवस विनाशकारी जल विकास परियोजनाहरू, स्वास्थ्य र दिगो व्यवस्थापनको बारेमा जनचेतना जगाउनु हो । त्यसबेलादेखि जलाधार व्यवस्थापनमा विभिन्न कार्यक्रम प्रतिवर्ष आयोजना गरिन्छ । यो नदीसम्बन्धी चेतना फैलाउने कार्यक्रमका प्रभावले नदीको अवस्था सुधारको केही वास्तविक परिणाम प्राप्त गरेका केही उदाहरण संयुक्त राज्य अमेरिका र स्वीडेनमा ६० मिटर अग्ला दुईवटा बाँध भत्काइयो र १५ मिटरभन्दा उच्च बाँध बनाउन प्रतिबन्ध लगाउने कानुन पारित गरियो ।
त्यसैगरी पानीसम्बन्धी बढ्दो चुनौतीको सामना गर्ने प्रयासलाई तीव्र पार्न संयुक्त राष्ट्रसङ्घको साधारण सभाले २०१८–२०२८ लाई ‘दिगो विकासका लागि पानी’ भन्ने नारासहित अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा ग¥यो । पानी कार्य दशक विश्व जल दिवस, २२ मार्च २०१८ मा सुरु भयो र २२ मार्च २०२८ मा समाप्त हुनेछ ।
विश्व नदी दिवस विश्वका जलमार्गहरू सम्बन्धित ठूलो उत्सव हो । यसले नदीहरूको धेरै मूल्यमान्यताबारे जनचेतना वृद्धि गर्न प्रयत्न गर्दछ र विश्वभरि नदीहरूको सुधार र संरक्षणलाई प्रोत्साहित गर्दछ ।
मानव सभ्यता नदी किनारमै स्थापित भएको थियो । पहिलो मानव सभ्यताका लागि नदीहरू आकर्षक स्थानहरू थिए किनभने नदीहरूले निरन्तर पिउने पानीको आपूर्ति गरे, जमिनलाई उर्वर बनाए । नदीमार्गबाट सामान र मानिसहरू वारपार गर्न सकियो । यी सभ्यतामा रहेका मानिसले पानी पिउन आएका जनावरलाई सिकार गर्न सक्थे र माछा पक्रन सक्थे । उजाड स्थानमा हराएकाहरू बगैँचामा यात्रा गरेर सभ्यतामा फर्कन सक्थे जहाँ मानव जनसङ्ख्याको प्रमुख केन्द्रमा ध्यान केन्द्रित थियो ।
मेसोपोटामियाको उच्च अवधि ईसापूर्व ४००० देखि ३१०० सम्मको हो र यसले निकट पूर्वमा राज्यहरूको अस्तित्वको प्रारम्भिक चिह्न प्रदान गर्दछ । मध्यपूर्वमा टाइग्रिस र युफ्रेटिस नदीहरूको किनारमा अवस्थित, यस सभ्यतालाई दिइएको नाम मेसोपोटामियाको अर्थ ‘नदीहरूको बीच’ हो । यो तथ्यले नदीहरूसँग मानव सभ्यताको गहिरो अन्तर सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।
नेपालको सन्दर्भ संयुक्त राज्य अमेरिकाको ‘वल्र्ड रिजोर्सस इन्स्टिट्युट’ले प्रकाशित गरेको प्रतिवेदनअनुसार गम्भीर जल सङ्कट बेहोरिरहेको सूचीमा भारत र पाकिस्तान क्रमशः १३औँ र १४औँ स्थानमा रहेका छन् । चीनको राजधानी बेइजिङ पनि उच्चतम जल सङ्कट भएको सहर भनिएको छ । नेपालचाहिँ ४०औँ स्थानमा छ ।
नेपालमा साना ठूला गरेर छ हजार नदी अविराम बगिरहेका छन् । यी सबै नदीहरूको लम्बाइ जोड्ने हो भने ४५ हजार किलोमिटर हुन्छ । जसमध्ये एक हजार नदी १० किलोमिटर (किमी) र बाँकी २४ वटा नदी एक सय किमी जति नेपालभित्र बग्छन् ।
नेपालका प्रत्येक व्यक्तिको भागमा सात हजार घनमिटर पानी पर्न आउँछ । सिँचाइ र खानेपानीका लागि पुग्दो छ तर व्यवस्थापनमा हामी एकदमै कमजोर छौँ ।
राजधानीकै जनतालाई मेलम्चीको खानेपानी सपना बेचेको ३० वर्ष भयो । देशका अरू सहर र गाउँको अवस्था के होला ? जलस्रोतको धनी देश, चारैतिर पानी नै पानी तर जनता पानी खान नपाएर आफ्नो थातथलो छाडेर ‘मुग्लान’तिर होमिएका छन् ।
मानव सभ्यताको उद्गमस्थल नदी किनार नै भएको तथ्य छ । छिमेकी देश भारतको यमुना, वाराणासी, लन्डनको थेम्स, वासिङ्टन डीसीको पोटोमाक आदिको के कुरा, नेपालकै बागमती (काठमाडौँ, ललितपुर), सिञ्जा नदी (सिञ्जा उपत्यका, जुम्ला), बबई (बर्दिया), रोहिणी (कपिलवस्तु÷रुपन्देही), तिनाउ (बुटवल), मादी (दमौली), त्रिशूली (देवीघाट), नारायणी÷सप्तगण्डकी (चितवन), सुनसरी (इनरुवा) आदि वरपर नै छ मानवबस्ती र सभ्यता ।
नेपालका नदीहरूको दुर्दशा हेर्नु परे यो देशका सबैभन्दा सभ्य, पढेलेखेका विद्वान् र आफूलाई सम्भ्रान्त ठान्नेहरू बस्ने काठमाडौँ महानगरको बागमती र टुकुचालाई हेरे पुग्छ । सुन्दर कलकल बगेको बागमती कसरी सहर पसेसँगै ढलमती बनेर कलङ्कित भएको छ । यो कसले बनाएको हो ? हामीले । जीवनदेखि मृत्युपर्यन्त पुजिनुपर्ने नदीहरूलाई ढलमती बनाउने हाम्रा हात एकपटक आफैँले हेर्नुपर्छ ।
पानी कार्य दशकका उद्देश्यहरू सामाजिक, आर्थिक र वातावरणीय उद्देश्यहरूको उपलब्धिका लागि पानीको स्रोतको दिगो विकास र एकीकृत व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन र प्रवद्र्धनका साथै सबैको सहयोग र साझेदारीको अभिवृद्धिमा केन्द्रित छन् । यसले दिगो विकासका लागि सन् २०३० को एजेन्डामा समावेश गरिएको अन्तर्राष्ट्रियस्तरमा पानीसँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्न मद्दत पु¥याउने छ । यो दशकले पानी, खाना, ऊर्जा, वातावरणको जडानलाई ध्यानमा राख्दै सबै तहमा दक्ष पानीको उपयोगलाई बढावा दिने महìवलाई पनि दर्शाउँछ ।
विश्वका जनतालाई सफा खानेपानी सेवाको पहुँच छैन । चार दशमलव पाँच अर्ब मानिसमा राम्रो सरसफाइ सेवाको अभाव छ । (डब्ल्यूएचओ÷युनिसेफ २०१७) । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले जनाएअनुसार पानी अभावले पहिले नै प्रत्येक १० व्यक्तिमध्ये चार जनालाई प्रभाव पारिरहेको छ । राष्ट्रसङ्घीय प्राकृतिक प्रकोपसम्बन्धी संस्थाका सबै प्राकृतिक प्रकोपहरूको ९० प्रतिशत पानीसँग सम्बन्धित छन् । युनेस्को २०१७ अनुसार ८० प्रतिशत फोहोर पानी प्रशोधन वा पुनः प्रयोग नगरिकनै वातावरणीय चक्रमा फर्कन्छ ।
हरेक देश र सङ्गठनले विश्वव्यापी जल सङ्कट समाधान गर्न के गरिरहेछन् भन्नेबारे विश्वभरिका ताजा जानकारी पढेर दिगो विकासको महìवबारे जान्नु, बुझ्नु, छलफल गर्नु आवश्यक छ । यसले हाम्रो जस्तो सानो र विकासोन्मुख देशलाई दुनियाँमा के भइरहेको छ भनेर बुझाउन र बहसलाई एउटा रचनात्मक आकार दिन मद्दत गर्दछ । उचित जलस्रोत व्यवस्थापन गर्ने हो भने नेपालको कुनै पनि भूभागमा पानीको सङ्कट हुँदैन ।
नेपालले आफ्नै बलबुतामा जलविद्युत् परियोजनाहरू सञ्चालन गर्नुपर्छ । यसले देश ऊर्जा भू–राजनीतिको चपेटामा पर्नबाट जोगाउँछ । नेपालका ठूला दसौँ हजार मेगावाटका परियोजनाहरू छिमेकीले हडपेर दशकौँसम्म नबनाउने र तिनलाई आफ्नो भू–राजनीतिको केन्द्र ठानेका छन् । यो एउटा गम्भीर विषय हो, नेपालले बेलैमा बुझ्नुपर्ने ।
हिमालय क्षेत्रमा बनिरहेका जलविद्यत्का परियोजनाहरू भोलि जलवायु परिवर्तनको दुष्परिणामको सिकार भए नेपाल मात्र नभएर तल्लो तटमा बस्ने लाखौँ मानिसको जीवनमा सङ्कट आइपर्न सक्छ । ठूला बाँधजन्य परियोजना बनाउँदा पर्याप्त वातावरणीय मूल्याङ्कन, पर्यावरणीय क्षतिको आकलन गर्नुपर्ने र ब्राजिल जस्ता देशले लिएको पछिल्लो सुधारको बाटोलाई नेपालले आत्मसात् गर्नुपर्ने देखिन्छ ।
(लेखक स्वन्जी युनिभर्सिटी बेलायतमा नवीकरणीय ऊर्जामा विद्यावारिधि सोध गर्र्दै हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?