ऋणीप्रति बैङ्किङ विभेद
गोरखापत्र अनलाइन
पुष ५, २०७८ सोमबार
अखबार वा अनलाइन पोर्टलहरू हामीले याद गरेका छौँ, फलानो बैङ्क वा वित्त कम्पनीले यति थान कपडा, कपी र कलम बाँड्यो, वृद्धवृद्धालाई निःशुल्क भोजन गरायो । त्यसरी बैङ्क वा वित्त कम्पनीहरूले गरिरहेका गतिविधि उनीहरूका सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) हुन् । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कतिपयले सहयोगका नाममा कनिका छरेजस्तो मात्रै पनि गरेका छैनन्, स्कुल, धर्मशाला, मठमन्दिर वा गरिबको छाना–नानाको व्यवस्था मिलाउने...