logo
२०८० चैत्र ६ मंगलवार



मौसम र पहिरनअनुसारको मेकअप

खुला |


मौसम र पहिरनअनुसारको मेकअप


काठमाडौँ, चैत १७ गते । फेसनेबल र राम्रो बन्न पहिरन मात्र नभएर मेकअपले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसम तथा पहिरनअनुसारको मेकअपले मात्र फेसनेबल देखिनुका साथै राम्रो देखिन्छ ।
छालाको प्रकृति मौसमअनुसार परिवर्तन हुन्छ । छाला परिवर्तन भएसँगै मेकअपमा पनि परिवर्तन गरिएन भने स्वास्थ्य एवं सौन्दर्यका दृष्टिले हानिहारक हुनसक्छ तसर्थ गर्मी मौसममा मेकअप गर्दा विचार पु¥याउपर्ने सौन्दर्य विशेषज्ञको भनाइ छ ।

सौन्दर्यकर्मी सुष्मा महराले भन्नुभयो, “व्यक्तित्व विकासका लागि पहिरनका साथै मेकअपले ठूलो भूमिका खेलेको हुन्छ । ’ जति नै राम्रो र फेसनेबल लुगा लगाएको छ तर मेकअप मिलेन वा गरेन भने त्यसको अर्थ नै रहँदैन उहाँले थप्नुभयो, “फेसनमा महत्त्वपूर्ण पाटो भनेको मेकअप हो । मेकअप सधैँ एउटै प्रकारले गर्नुहुँदैन् मौसम र छालाअनुसारको गर्नुपर्ने उहाँको जोड छ ।

महराको अनुसार गर्मी मौसममा कुनै पनि प्रकारको छालामा मेकअप गर्नु कठिन मानिन्छ । तैलीय छालामा बढी कठिन हुन्छ । गर्मीमा घामको किरण सिधै छालामा पर्ने भएका कारण मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् ओयल फ्री मोस्चराइजर प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तìव सुक्छ र मेकअप राम्रो देखिन्छ ।

उहाँले मोस्चराइजरपछि प्राइमर लगाउनुपर्ने जानकारी दिँदै यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिने बताउनुभयो । यसको अर्को फाइदा गर्मीमा लामो समयसम्म मेकअप टिक्नु पनि हो । प्राइमर प्रयोग गर्दा मेकअप हलुकासमेत अनुभव हुन्छ । यस्तै गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्र टिक्ने भएकाले फाउन्डेसनको कवचका रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । यसमा लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्छ । काममा हिँड्दा फाउन्डेसन प्रयोग नगरी हलुका मेकअप गर्नु उपयुक्त हुन्छ ।

यस्तै मेकअप आर्टिस्ट मन्जु कार्कीले गर्मी मौसमा वाटरफ्रुफ मेकअप गर्न सुझाव दिनुहुन्छ । गर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा, लिपिस्टिक आदि वाटरप्रुफ र म्याट मात्र प्रयोग गर्नुपर्ने जानकारी दिँदै सकेसम्म हलुका मेकअप गर्नुपर्ने बताउनुभयो । उहाँले रङ छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्नु उपयुक्त हुन्छ । हलुका, गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा आकर्षक देखिने बताउनुभयो । मेकअप गर्दा अत्यधिक पाउडरको प्रयोगले छालालाई अझ बढी सुक्खा बनाउँछ भने मेकअप बनावटी देखिने सम्भावना हुन्छ । आँखालाई आकार दिन आइलाइनर प्रयोग गर्नु राम्रो हुने बताउँदै अहिले क्याट आइलाइनर प्रचलनमा छ । यसको जेल आधारित स्वरूप राम्रो हुन्छ ।

प्रभावशाली व्यक्तित्वका लागि लुक्समा ध्यान पु¥याउनुपर्छ । सुन्दर र हँसिलो अनुहारले सबैलाई आकर्षित गर्छ । आकर्षक देखिन मेकअपको पनि उत्तिकै भूमिका हुन्छ भने मेकअपमा गल्ती गर्दा छालामा समेत नकारात्मक असर पर्न सक्ने चेतावनीसमेत उहाँले दिनुभयो । धेरैजसो युवती अनुहार धोएर सिधै मेकअप गर्छन् । जसले गर्दा मेकअप गरेपछि रुखोपन र मेकअप छुट्टिने समस्या हुन्छ । त्यसैले मेकअप भद्दा नदेखियोस् भनेर अनुहार धोएपछि मोस्चराइजर प्रयोग गर्नुपर्ने कार्कीले बताउनुभयो । सुत्नुअघि मेकअप धुन बिर्सनु भने हुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?