logo
२०८१ बैशाख १५ शनिवार



वामपन्थी टक्कर

वामपन्थी पनि तीनथरि छन्– व्यावहारिक, कल्पनावादी र बिचौलिया । यिनैबीचको रडाको यतिखेर छताछुल्ल छ

विचार/दृष्टिकोण |


वामपन्थी टक्कर


कृष्णमुरारी भण्डारी

निरन्तर स्तम्भ लेखी वस्तुनिष्ठ राजनीतिक विश्लेषणको अभ्यास गर्दा पाठकहरूको जिज्ञासा पनि आइरहने रहेछ । के ? किन ? कसरी ? भेटघाटमा मात्र होइन, सामाजिक सञ्जालमार्फत पनि निरन्तर जिज्ञासा आइरहन्छन् । आफ्नो पक्षको भए देवत्वकरण गर्ने र विपक्षी भए दानवीकरण गर्ने संस्कृतिझैँ बनेको छ । आलेखहरूमा पाठकको सवाललाई जवाफ दिने बानी नै परिसकेको छ ।
लोकतान्त्रिक मूल्यमान्यता सिद्धान्त दर्शनमा रहेर समाज  रूपान्तरणको निम्ति राजनीतिक वाद, प्रतिवाद र संवाद संसारभर नै हुन्छ । यो स्वाभाविक नै हो । तर हामीकहाँ समाजको बनावट नै अलि अप्ठेरो छ । समाजशास्त्रका एक प्राध्यापक नेपाली समाजलाई मिहिन रूपमा पर्गेल्दै भन्छन्, हामी कसैको बारीमा एउटा बुटो हुक्र्यो, फूलहरू फुले, फलहरू फले अनि वस्तुभाउ सप्रिए र लायकदार केटाकेटी देखिए भने पनि ईश्र्या डाह गर्ने आम सामाजिक चरित्र छ । मैले किन यो निर्मम चिरफार गर्दैछु भने, उनी भन्छन्– हामीकहाँ कुनै पनि राम्रो काम भयो भने त्यो मैले नै गरेको हो र मैबाट मात्र त्यो सम्भव छ भन्ने हाम्रो सामाजिक मनोरोग छ । यसबाट कोही अछूतो छैन । छ भने त्यो
अपवाद हो !
समाजशास्त्रीको खह्रो, कटुसत्य र वस्तुपरक यथार्थलाई पुष्टि गर्न धेरै पुराना कुरातिर लाग्नुभन्दा पनि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले भूमिसुधार लगायतका सामाजिक रूपान्तरणका कुरा मात्र के उठाएका थिए, राजा महेन्द्रलाई त्यो आफूबाट हुनुपर्छ भन्ने भूत सवार भयो । उनले डेढ वर्षको कलिलो पहिलो निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रधानमन्त्रीलाई नै जेल हाले । व्यवस्था परिवर्तन गरे । भूमिसुधार गरेको स्वाँग झिके । तर महेन्द्रको भूमिसुधारले भूमिको खण्डीकरण मात्रै ग¥यो, उत्पादकत्व बढाएन । बीपीले कल्पना गरेको वैज्ञानिक भूमिसुधार पनि भएन । छेकछन्दै आएन ।
वि.सं. २०७२ असोज ३ गते नयाँ संविधान जारी भई नयाँ युग सुरु भएपछि सबै संरचनाहरूको निर्वाचनमार्फत करिब दुईतिहाई बहुमतका साथ केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । उहाँले बीपी कोइरालाजस्तै नेपाली समाज रूपान्तरण गर्न समृद्ध नेपाल, सुखी नेपाली अभियान नै अघि सार्नुभयो । ओली प्रधानमन्त्री भएर सबैतिर समाज रूपान्तरणका तरङ्गहरू फैलिने गतिसँगसँगै अहिले ओलीलाई हटाउने अभियान अमूर्त रूपमा सुरु भएको हो ।
२०४६ सालमा वाम–प्रजातान्त्रिक शक्ति मिलेर शान्तिपूर्ण क्रान्ति गरे । ०१७ सालमा खोसिएको प्रजातन्त्र पुनस्र्थापना भयो । समाज रूपान्तरणको एजेण्डालाई १० वर्षसम्म काँग्रेस–वाम सहयोद्धा मिलेर आर्थिक–सामाजिक रूपान्तरण गर्नुपर्छ भन्ने कुरालाई प्रजातान्त्रिक तथा वाम बुद्धिजीवी भनिनेहरूले समेत उठाएका थिएनन् । केहीले उठाउने कोसिस नगरेका होइनन् तर त्यो मूल प्रवाहीकरण हुन सकेन । उनीहरू ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ मा परेका झैँ निरीह बने । अझ गिरिजाप्रसाद कोइरालाले कम्युनिस्टको बुई चढेर बैतरणी तर्नु छैन भनेपछि त लज्जावती झारझैँ सबै बिलाए ।
अन्तरपार्टी सङ्घर्ष सबै पार्टीमा छ । राजनीतिक पार्टी भनेका समाजका उपज हुन् र जसको विम्ब यिनै हुन् । भित्रभित्रै तानातानको अवस्थामा रहिरहे पनि पार्टीपिच्छे अन्तर सङ्घर्षको मात्रा भने फरक छ । विश्वका ठूला लोकतान्त्रिक भनिने मुलुकमा अलि फरक  रूपमा अन्तर सङ्घर्ष अभ्यास भइरहेको छ । भनौँन, अमेरिकामा बाराक ओवामासँंग हिलारी क्लिन्टनले राष्ट्रपतिको चुनाव लड्नुभयो । हिलारी पराजित हुनुभयो तर राष्ट्रपति बाराककै परराष्ट्रमन्त्री बन्नुभयो ।
देश र समाज रूपान्तरणका लागि एकै ठाउँमा जाने भावना र जोसजाँगर हामीले नेपालमा कल्पना नै गर्न नपाउने ?
भारतमा नरेन्द्र मोदीले चुनाव जितेपछि सरकारमार्फत समाज रूपान्तरणको अभियान नै चलाइरहनुभएको छ । नयाँ दिल्लीमा अरविन्द केजरीवालले समाज रूपान्तरणका लागि अनौठा र जनप्रिय कार्यक्रम ल्याइरहनुभएको छ । समाजले के खोजेको छ ? कुन रूपमा समाज रूपान्तरण गरेर जनतालाई सुखी र खुशी बनाउन सकिन्छ भन्ने हाम्रो समाज र अगुवाहरूले ठम्याउनै सकेनन् । आत्मसात् गर्नु त परकै कुरा भयो । कर्मचारीले जस्तै आफ्नो स्वार्थ के गर्दा पूरा हुन्छ त्यही मात्र गरेको देखियो ।
काँग्रेसमा काँग्रेसीहरू तीनथरि छन् भनेर धेरै पहिलेदेखि पर्गेलिरहेको छु –जेन्यूइन (खाँटी), कुलीन र लाहुरे काँग्रेस । अनि पाठकले सोधिरहनु हुन्थ्यो, वामपन्थीहरू चाहिँ कति किसिमका छन् नि ? आज त्यो प्रसङ्गमा चर्चा गर्ने अवसर जुरेको छ । भन्नैपर्छ, वामपन्थी पनि तीनथरि छन्–व्यावहारिक, कल्पनावादी र बिचौलिया । यिनैबीचको रडाको यतिखेर छताछुल्ल छ ।
व्यावहारिक वामपन्थी
जसलाई कम्युनिस्ट आदर्शले राजनीतिमा आकर्षित ग¥यो, सोही अनुरूपको आर्थिक, सामाजिक, राजनीतिक रूपमा समाज रूपान्तरणमा लागिरहन प्रेरित गरिरह्यो । वर्गसङ्घर्र्षमा व्यक्ति हत्या निन्दनीय छ भन्ने स्वीकार गर्दै धरातलीय यथार्थमा पञ्चायतकालमा जनपक्षीय उम्मेदवारको रूपमा राजनीतिमा होमियो । निरन्तरअघि बढिरहेको यस्तो समूहलाई मदन मण्डारीले एक दलीय अधिनायकत्वको विकल्प बहुदलीय जनवादमार्फत लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित आवधिक निर्वाचनसहित समाजवादी दर्शनमा आधारित समाजको रूपान्तरण गर्ने धार नेपालमा स्थापित गर्नुभयो । यो व्यवहारवादी वामपन्थीहरूको हिस्साको रूपमा फैलिइरहेको छ । वामपन्थी पार्टीहरूलाई एकीकृत गर्दै शान्तिपूर्ण समाज रूपान्तरणको अभियानमा निरन्तर क्रियाशील छ ।
कल्पनावादी वामपन्थी
कोरा कल्पनावादी वामपन्थीहरू आफ्नै अधिनायकत्वमा सबैले आफूलाई मानिदिएर, सबैले सबैको समाजको हितमा इमानदार प्रतिबद्ध, पारदर्शी, परिश्रमी र स्वच्छ छविसहित अग्रगामी रूपमा समाज रूपान्तरण गर्ने कल्पनामा मग्न छन् । यिनले नयाँ परिवर्तन, सूचना प्रविधिमा आएको क्रान्ति, विश्व परिवेश, नयाँ पुस्ताका आकाङ्क्षा र अभिलाषा आत्मसात् गर्न सकेका छैनन् । यी सधैँ माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद, माओवादका ठेलीका ठेली अध्ययन गर्छन् र त्यसलाई न त व्यवहारमा उतार्न सक्छन् नत छोडेर रूपान्तरित नै हुन सक्छन् । यिनीहरू सधैँ परिवर्तनका कुरा गर्छन् तर आफू कहिल्यै परिवर्तन हुन सक्दैनन् । समाज कति अघि बढिसक्यो भन्ने लेखाजोखा गर्न सक्दैनन् । दरिद्रका दरिद्र नै रहिरहेका छन् । यिनीहरू आदिमकालका कठमुल्लावादीहरू झैँ प्रस्तुत हुन्छन् । जीवनको अभिष्ट नै माहुरीले जस्तो कम्युनिस्ट बनेर बिताउनमा गर्ब गर्छन् । धेरै जार्गन (उक्ति ÷नारा) हरू प्रयोग गर्न रुचाउँछन् र त्यस्ता शब्द अभ्यास नगर्नेहरूलाई पछौटे सम्झन्छन् । आजको सञ्चार र सूचनाभन्दा पनि विगतका पाठ र कहानीमै वर्तमानलाई खोज्छन् । माक्र्सको जस्तै दाह्री, स्टालिनको जस्तो जुङ्गा, लेनिन कट दाह्री र जेल लगाएर भए पनि माओको जस्तै कपाल फर्काएर हिँड्न रमाउँछन् । कृत्रिम, ढोंगी भनेर अरूको सत्तोसराप गर्छन्, आफू भने त्यही पथमा रहेको कुरा बिर्सन्छन् । अरूलाई जडसूत्रवादी भन्छन्, आफू अरूभन्दा फरक रहेको प्रदर्शन गर्न खोज्छन् । सामाजिक सांस्कृतिक जमघटमा आफूलाई फरक किसिमले प्रस्तुत गरिरहेका हुन्छन् ।
बिचौलिया वामपन्थी
०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि वामपन्थीहरू आर्थिक रूपमा सबल हुने स्रोतको खोजीमा लागे । पार्टी राजनीतिबाट आफ्नो र समाजको रूपान्तरण हुन्छ भन्नेमा विश्वास हराउँदै गयो । यसका लागि बिचौलियासँग हिमचिम बढाउँदै गए । बेला मौकामा आधा पार्टीलाई र आधा आफैँलाई चन्दा असुली गर्दै गए । ठेक्कापट्टा फाइल, ‘इभेन्ट क्याम्पियन’ र विभिन्न चरणका चुनावहरूमा वामपन्थीका नाममा यिनीहरूले पैसा लगानी गर्दै गए । यो यस्तो नयाँ वर्गको रूपमा देखियो, जसले कब्जा गर्ने, आफ्नो नियन्त्रणमा निर्वाचनहरू, उम्मेदवारहरू, राजनीतिक नियुक्तिहरूलाई ‘क्यास’ (आफ्नो पक्षमा उपयोग) गर्दै गए । तलदेखि माथिसम्म, केन्द्रदेखि स्थानीय तहसम्म अघोषित सञ्जाल नै निर्माण गरे । पूर्व पञ्च, पूर्वप्रशासक, कर्मचारी, सुरक्षा निकाय, ठेकेदार, बिचौलिया, अपराधी, दलाल, माफियाले यस्ता वामपन्थीमार्फत पार्टीका निर्णयहरूमा प्रभाव पार्न थाले । कालान्तरमा यिनीहरूले विभिन्न रूपमा पार्टीहरू हत्याउन थाले । अपहरण, फिरौती जस्ता कर्ममा पनि यिनीहरूको संलग्नता रह्यो । वामपन्थी बर्को ओडेर बिचौलिया वामपन्थीहरूले थुप्रै हिउँद वर्षा कटाए । मेडिकल माफिया, भू–माफिया, जल माफिया, वैदेशिक माफिया, शैक्षिक माफियालगायत सबै किसिमका माफियासँग
यिनको साझेदारी छ ।
अन्तर पार्टी सङ्घर्र्ष राजनीतिक दल अथवा भनौँ हरेक जीवन्त संस्थाको एक अवयव हो । यसको अभावमा सङ्गठनमा गतिहीनता नै पैदा हुन्छ तर बढी भयो भने पनि अन्तर सङ्घर्र्षले टुट र फुटको अवस्थामा पु¥याएर सङ्गठनलाई छिन्नभिन्न मात्र होइन, विसर्जनमै पु¥याइदिने खतरा पनि त्यत्तिकै रहने यहीँ देखिएको छ । इतिहासको कुनै कालखण्डमा जाज्ज्वल्यमान व्यक्तिहरूको नेतृत्वमा रहेका पार्टीहरूको आज अस्तित्व समेत कहीँ कतै देखिँदैन । नेपालमा राणाविरोधी सङ्गठित आन्दोलन सुरुवात गर्ने सशक्त पार्टी नेपाल प्रजापरिषद्को अस्तित्व संस्थापक अध्यक्ष टंकप्रसाद आचार्य जीवितै छँदा बिलायो । त्यस्तै अवस्था नेपाली राष्ट्रिय काँग्रेसका डिल्लीरमण रेग्मीको पनि भयो । वामपन्थी दलहरूको टुट फुटको
शृङ्खला धेरै नै लामो छ ।
नेकपा एमाले अहिले त्यही अवस्थामा पु¥याइएको छ । यसमा व्यावहारिक वामपन्थीलाई नसिध्याएसम्म राज्य संयन्त्र र स्रोतसाधनमा आफ्नो पहुँच गुम्ने डरले एमाले सिध्याउन बिचौलिया वामपन्थीहरू हात धोएर लागेका छन् । न यिनलाई वामपन्थसँग विश्वास छ न त यिनीहरू वामपन्थी हुन सक्छन् । यी त कृत्रिम ढोंगी, लुट्न र आफू र आफन्तका लागि राज्यसत्ता सुखसयल र मोजमस्ती र भविष्य सुरक्षित गर्नका लागि स्रोतसाधनमा पहुँचका लागि कृत्रिम रूपमा वामपन्थी बनेका हुन् । यिनीहरू केपी ओली प्रधानमन्त्री भएको एक वर्ष पनि चुप लागेर बस्न सकेनन् ।
बिचौलिया वामपन्थीहरू एमालेको पहिलो नौ महिने शासनकालमा झैँ अब मेटियामेट भइने हो कि भनेर त्रसित थिए । समृद्ध नेपाल, सुखी नेपालको स्पष्ट मार्गचित्रसहित अघि बढेको व्यावहारिक वामपन्थीको नेतृत्वको सरकारलाई कसरी समाप्त पार्न सकिन्छ र सत्तामा आफ्नो हालीमुहाली कायम गर्न सकिन्छ भनी षडयन्त्र बुनिरहे । देशी, विदेशी सबै संयन्त्र र सरकारभित्रै समेत आफ्नो पहुँच छद्मभेषी रूपमा कायम राखे । अझै प्रयास जारी छ । जसको कारण मूलधारको राजनीतिक शक्ति बनेको वामपन्थी नारायणहरि हुने सङ्घारमा आइपुग्यो । वास्तविक वामपन्थीहरूलाई चेतना होस् ! 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?