logo
२०८१ बैशाख १८ मंगलवार

  ओमिक्रोनको सम्भावित सङ्क्रमणसँग जुध्न कस्तो छ तयारी ?  



बेडदेखि अक्सिजन तयारी अवस्थामा, दोस्रो लहरमा जस्तो दुःख नहुने

स्वास्थ्य |


बेडदेखि अक्सिजन तयारी अवस्थामा, दोस्रो लहरमा जस्तो दुःख नहुने


काठमाडौं, मङ्सिर २१ गते । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ३८ भन्दा बढी देशहरूमा देखा परिसकेको छ ।

दक्षिण अफ्रिकामा देखिएको १२ दिनपछि र भारतमा देखिएको चार दिनपछि नेपाल पनि ओमिक्रन भेरिएन्ट पुष्टि भएको छ । यो भेरियन्ट नेपालमा भेटिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल सोमबार पुष्टि गरेको हो ।

ओमिक्रन भरिएन्ट दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी १.१.५२९ नाम दिएको यो भेरियन्टलाई २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) मा रिपोर्ट गरेको थियो ।

डब्ल्यूएचओले २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ भनेर नामकरण गरेको हो । यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ ।

कोभिड १९ का अरु भेरिएन्ट जस्तै ओमिक्रनको सङ्क्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन मन्त्रालयले आग्रह गरेको छ ।

यो भेरियन्टको म्युटेसन डेल्टा, अल्फा, बिटा डेल्टा गामाको म्युटेशनभन्दा छिटो फैलन सक्ने सम्भावना भएकोले जनस्वास्थ्यका मापदण्डा पालन गर्नुपर्ने आनन्द बन अस्पतालमा अन्नुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा. सन्तोष दुलाल बताउनुहुन्छ ।

यसैगरी ओमिक्रोन भेरियन्टसँग तर्सिनेभन्दा पनि सर्तक हुन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । ओमिक्रोन भेरियन्ट के कतिको घातक छ, भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेकाले पर्ख र हेरको अवस्था रहेको डा. पुनले बताउनुभयो ।

नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. पुनको सुझाव रहेको छ । ओमिक्रोन तीव्र गतिमा फैलन नदिना जनस्वास्थ्यका मापदण्डा अपनाउनुका साथै सबै नागरिकलाई खोप लगाउनमा ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावल बताउनुहुन्छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट अमेरिका, बेलायत, भारत तथा युरोपेली राष्ट्रहरुमा तीव्र गतिमा फैलिइरहेको छ । बेलायतमा समुदायस्तरमा तीव्र गतिमा सङ्क्रमण फैलिइरहेको छ । यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिकले सचेत रहन आग्रहसमेत गरेका छन् ।

त्यस्तै नेपालमा कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण भित्रिन नदिन काठमाडौं उपत्यकाका अस्पतालहरुले उच्च सर्तकता अपनाइएको छ । उपत्यकामा कुन अस्पतालले कस्तो तयारी यस्तो रहेको छ ?

सशस्त्र प्रहरी अस्पताल
सशस्त्र प्रहरी अस्पतालले अहिले कोरोनाको कहर कम भएदेखि अहिले अस्पतालहरुले कोभिड नन कोभिड दुवै बिरामी हेर्दै आएका छ । अस्पतालले नन कोभिड हेरेपनि यदि ओमिक्रोन फैलिहाल्यो भने पनि अस्पताल तयारी अस्पतालमा रहेको अस्पतालका फोकल पर्सन डा. प्रविन नेपालले जानकारी दिनुभयो ।

डा. नेपालका अनुसार अस्पातालले दुई सय बेडको कोभिड आइसोलेन तयारी अवस्थामा राखेको छ । त्यस्तै यदि कोरोना फैलिहाल्यो भने अस्पतालले ३० बेडको आइसियू बेड छुट्याउने डा नेपालले बताउनुभयो ।

त्यस्तै डा. नेपालका अनुसार अस्पतालमा एक सय लिटर क्षमता भएको अक्सिजन पलान्ट जडान छ । अस्पताले पुन दुई सय लिटर क्षमता भएको अक्सिजन पलान्ट एक हप्ताभित्र जडान गर्ने डा. नेपालले जानकारी दिनुभयो ।

निजामती कर्मचारी अस्पताल
निजामती कर्मचारी अस्पतालले पनि कोरोनाको नयाँ भेरियन्ट ओमक्रोन फैलिहालेमा अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका फोकल पर्सन डा. विदेश बिष्टले जाकारी दिनुभयो । उहाँ भन्नुहुन्छ,‘ नेपालमा तेस्रो लहर आउँछ भनेर हाम्रो अस्पताले तयारी सुरु गरेको थियो । त्यसैले अहिले पनि हामी तयारी अवस्थामानै छौँ’ अस्पतालले तयारी स्वरुप एचडियू ५०, आइसियू १५ बेड छुट्याएको डा. बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालले इमर्जेन्सी बाहिर एक हप्ता भित्र कोभिड वार्ड संचालन गर्ने तयारी गरीरहेको छ । अस्पतालमा अहिले दुई सय सिलिन्डर क्षमता भएको अक्सिजन पलान्ट रहेको डा. बिष्टले जानकारी दिनुभयो ।

त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालले अहिले कोभिड ननकोभिड दुवै प्रकारका बिराम्ी हेर्दै आएको छ ।

यदि कोरोना पुन फैलिहालेमा पाँच/छ सय बिरामी हेर्ने क्षमता भएको अस्पतालका सूचना अधिकृत डा. रामबिक्रम अधिकारीले जानकारी दिनुभयो ।

‘अहिले अस्पतालमा अन्य बिरामीको पनि उपचार हुर्दै छ । हामीले दोस्रो लहरमा जति दुख पाएका थियौँ अब त्यस्तो दुख पाउँदैनौँ किनभने अहिले हामीहरु तयारी अवस्थामा रहेका छौँ ।’ त्यस्तै अस्पतालमा ५० बेडको एचडियू जडित आइसियू रहेको छ।

डा अधिकारीका अनुसार अस्पतालमा एक मिनेटमा दुई हजार लिटरको अक्सिजन लिकाल्ने क्षमता भएको अक्सिजन पलान्ट जडान गरिएको छ । त्यस्तै अस्पतालमा एक हजार टर्न लिटरको अक्सिजन पलान्ट जडान गरिएको छ।

वीर अस्पताल
कोभिड १९ युनिफाइड अस्पतालले कोरोना फैलीहाल्यो भने पनि अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

साथै कोरोनाका बिरामीलाई लक्षित गरी टेलिमेडिसिन सञ्चालनमा ल्याएको छ। यदि कोरोना फैलिहालेमा तत्कालको लागि २०९ वेड कोभिडको लागि छुट्याइएको छ ।

त्यस्तै डा. बस्नेतका अनुसार एकसय बेड आइसियु, एक बेडको एचडीयू छुट्याएको अस्पतालका डा. बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालमा अक्सिजनको कमी नहुने डा.बस्नेत जानकारी दिनुभयो । अस्पतालमा २० टर्नको अक्सिजन पलान्ट जडान गरीएको छ । त्यस्तै अस्पतालमा भने २५० सिलिण्ड क्षमता भएको अक्सिजन पलान्ट पनि रहेको डा. बस्नेतले जानकारी दिनुभयो ।

शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पताल
शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पताल कोभिड डेडिकेटेड अस्पताल हो । अस्पतालले दक्षिण अर्फिकामा ओमक्रोन देखिन साथ अस्पतालका स्टार्फलाइ रोगको प्रकृतिको बारेमा जानकारी दिनुका साथै सबैलाई सचेत भएर काम गर्न तालिम दिएको अस्पतालकी निर्देशक डा. मनिषा रावलले जानकारी दिनुभयो ।

अस्पतालले आइतबारदेखि पुन खोप क्लिनिक सञ्चालनमा ल्याएको डा. रावलले जानकारी दिनुभयो ।

अस्पताल यदि ओमिक्रोन फैलिहाल्यो भनेपनि तयारी अवस्थामा रहेको डा. रावलले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले २४ वटा आइसियु रहेका छन् कोभिड वार्ड पनि अस्पताले तयारी अवस्थामा राखेर डा. रावलले जानकारी दिनुभयो । अस्पतालमा अहिले २० हजार लिटर भन्दा बढीको क्षमता भएको अक्सिजन पलान्ट जडान गरिएको छ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलेलाइ मन्त्रालयबाट कुनै पनि जानकारी नभएपनि अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका सुचना अधिकृत डा. जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

डा. श्रेष्ठका अनुसार अस्पतालमा अहिले १५० वेड क्षमता भएको कोभिड वार्ड रहेको छ । त्यस्तै अस्पतालमा २५ वटा एचडीयू बेड रहेको अस्पतालका डा. श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारको यस्तो रहको छ तयारी
ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभयो ।

नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ ।

यस्तै मन्त्रालयले खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शङकास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको डा.अधिकारीले बताउनु भयो ।

यस्तै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाबे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?