logo
२०८१ बैशाख १५ शनिवार

  गत साता कस्तो रह्यो विश्वमा कोभिड १९ सङ्क्रमण  



कोभिड सङ्क्रमित सङ्ख्या १२ प्रतिशतले घट्यो, केही देशमा बढ्दै

स्वास्थ्य |


कोभिड सङ्क्रमित सङ्ख्या १२ प्रतिशतले घट्यो, केही देशमा बढ्दै


काठमाडौं, चैत १५ गते । संसारभर कोरोना भाइरसबाट संक्रमित हुने दर घट्दो क्रममा छ । गत हप्ताको तथ्यांकमा विश्वमा भाइरसबाट संक्रमित हुने संख्या १२ प्रतिशतले कमी भएको छ । वल्र्डोमिटर डट इन्फोअनुसार पछिल्लो हप्ताको तुलनामा यो हप्ता संक्रमणदर १२ प्रतिशतले घटेको हो । गत हप्ता विश्वमा एक करोड चार लाख ४७ हजार २१९ जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् ।

अघिल्लो हप्ता एक करोड १८ लाख ४४ हजार ६२५ जना संक्रमित थपिएको थियो । त्यस्तै, एक हप्तामा १९ प्रतिशतले संक्रमितको मुत्युदर घटेको छ । अघिल्लो हप्ता ३६ हजार २६९ जनाको मुत्यु भएको थियो । यो हप्ता २९ हजार २७० जना संक्रमितको मुत्यु भएको छ ।

कुन देशमा कति संक्रमित थपिए

दक्षिण कोरियामा गत हप्ताको तुलनामा यो हप्ता १३ प्रतिशतले संक्रमित घटेको छ । गत हप्ता २८ लाख १७ हजार १९३ जना संक्रमित थपिएका थिए । यो हप्ता २४ लाख ४२ हजार १९५ जना संक्रमित थपिएका छन् ।

जर्मनीमा गत हप्ताको तुलनामा यो हप्ता नौ प्रतिशतले संक्रमित बढेको छ । गत हप्ता १४ लाख ४२ हजार ८०८ जना संक्रमित थपिएका थिए । यो हप्तामा १५ लाख ६७ हजार ७५० जना संक्रमित थपिएका छन् ।

भियतनाममा पछिल्लो हप्तामा तुलनामा यो हप्ता ३५ प्रतिशतले संक्रमित घटेका छन् । गत हप्ता १२ लाख ६४ हजार ४७९ जना संक्रमित थपिएका थिए । त्यस्तै, यो हप्ता भने आठ लाख २३ हजार ७६२ जना संक्रमित थपिएका छन् ।

फ्रान्समा गत हप्ताको तुलनामा ४३ प्रतिशतले संक्रमित दर बढेको छ । गत हप्ता छ लाख २३ हजार १६ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, यो हप्ता आठ लाख ९२ हजार ४१३ जनामा कोरोना पुष्टि भएको छ । बेलायतमा गत हप्ताको तुलनामा यो हप्ता ३० प्रतिशतले संक्रमितको संख्या घटेका छन् । गत हप्ता पाँच लाख ८४ हजार १२० जना संक्रमित थपिएका थिए । त्यस्तै यो हप्ता चार लाख आठ हजार ९५१ जना संक्रमित थपिएका थिए ।

इटालीमा गत हप्ताको तुलनमा ३ प्रतिशतले संक्रमित बढेको देखिएको छ । गत हप्ता चार लाख ८८ हजार ६१० जना संक्रमित थपिएका थिए भने यो हप्ता पाँच लाख दुई हजार १०८ जना संक्रमित थपिएका छन् ।

अष्ट्रेलियामा गत हप्ताको तुलनामा २३ प्रतिशतले संक्रमित बढेका छन् । गत हप्ता तीन लाख छ हजार ६४७ जना संक्रमित थपिएका थिए । त्यस्तै यो हप्ता तीन लाख ७६ हजार २२४ जना संक्रमित थपिएका छन् ।

इजरायलमा गत हप्ताको तुलनामा ७१ प्रतिशतले संक्रमित बढेका छन् ।गत हप्ता ५३ हजार ३१४ जना संक्रमित थपिएका थिए । यो हप्ता ९१ हजार ३९७ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा गत हप्ताको तुलनामा १७ प्रतिशतले संक्रमित घटेका छन् । गत हप्ता दुई लाख चार हजार ६१२ जना संक्रमित थपिएका थिए भने यो हप्ता एक लाख ७० हजार ४३६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, चीनमा गत हप्ताको तुलनामा ११ प्रतिशतले संक्रमित घटेका छन् । गत हप्ता १४ हजार ७३३ जना संक्रमित थपिएका थिए भने यो हप्ता १३ हजार ४१ संक्रमित थपिएको तथ्यांकमा उल्लेख गरिएको छ।

नेपालमा गत हप्ताको तुलनमा संक्रमितको संख्या १९ प्रतिशतले घटेको छ । गत हप्ता २१८ जनामा कोरोना पुष्टि भएको थियो भने यो हप्ता भने १७७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा नौ लाख ९० हजार ४२४ जना संक्रमित थपिएको छ भने दुई हजार ३७६ जनाको मुत्यु भएको छ ।

योसँगै अहिलेसम्म विश्वमा संक्रमितको संख्या ४८ करोड २२ लाख ३१ हजार ७०२ पुगेको छ । जसमध्ये ६१ लाख ४९ हजार ३० जनाको मुत्यु भएको छ भने ४१ करोड ६६ लाख ७३ हजार २५५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?