logo
२०८१ बैशाख १८ मंगलवार

  नेपालमा ओमिक्रोन  



१८ सय जिन सिक्वेन्सिङ गर्दा थपमा पाइएन, दुईजना संक्रमित निको भए

स्वास्थ्य |


१८ सय जिन सिक्वेन्सिङ गर्दा थपमा पाइएन, दुईजना संक्रमित निको भए



काठमाडौं,मङ्सिर २७ गते । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएदेखि आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) आजसम्म एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ भइसकेको छ ।
प्रयोगशालामा मङ्सिर १९ गतेदेखि आइतबारसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जीन सिक्वेन्सिङ एक हजार आठ सय जनाको गरिएको प्रयोगशालकी निर्देशक रुणा झाले जानकारी दिनुभयो ।
सबै प्रदेशबाट एक हजार ८ सय स्याम्पल परिक्षण गर्दा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुई जना व्यक्तिको पीसीआर रिपार्ट नेगेटिभ आएको रुणा झा बताउनु हुन्छ ।
६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय वृद्धको जिन सिक्वासिङ गर्दा मङ्सिर १९ गते कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो।
कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरुको ‘एस जिन’ परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा ‘एस जीन टार्गेट फेलियर’ (एस जिन फेला नपरेको) पाइएपछि ‘जिनोम सिक्वेन्सिङ’ गर्दा ओमिक्रोन देखिएको हो ।
मङ्सिर १९ गते यता कसैमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि नभएको झाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्सिर २१ गते गरेको पीसीआर परीक्षणमा उहाँ दुवै जनाको रिपार्ट नेगेटिभ आइसेकेको छ ।
मन्त्रालयले उक्त दुई व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङगमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको थियो ।
नेपालमा भने कोरोना भाइरसको आरटी पीसीआर परीक्षणमा ‘एस जिन’ रहे÷नरहेको जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक अन्य प्रयोगशालामा नह्ुने झा बताउनुहुन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोप नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् ।
विश्वमा ओमिक्रोन
ओमिक्रोन भेरियन्ट विश्वका ५९ देशका दुई हजार ९३६ जनामा फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ ।
कतिपय देशहरुमा दुई मात्रा खोप लगाएकाहरुमा र बुस्टरडोज लगाएकाहरुमा पनि यो भेरिएन्ट देखिएको छ । तर अहिलेसम्म उहाँहरुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकितसक बताउँछन् ।
दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ ।
२४ नोभेम्बर यो भाइरस दक्षिण अफ्रीकामा पहिलो पटक भेटिएको थियो । २६ नोभेम्बरमा यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्न भनेर घोषण गरेको थियो ।
यो भेरिएन्ट सबै भन्दा बढी युकेमा देखिएको छ । युकेमा दुई हजार ९३६ जना, डेनमार्क ८१७, दक्षिण अफिका ४३१, क्यानाडामा ७८, अमेरिका ७१, जर्मनी ६५, दक्षिण कोरीया ६०, अस्ट्रेलियामा ५२, जिम्बाबे ५०, फ्रान्समा ४२, नेदरल्याण्ड ३६,नर्वे ३३, घाना ३३, बेल्जियम ३०, पोर्चुगल ३७ जनामा ओमिक्रोन पृष्टि भएको छ ।
नेपालमा ओमिक्रोन रोकथामका प्रयास
नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।
ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ ।

यस्तै खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।
यस्तै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ ।
ओमिक्रोन भाइरस सर्ने दर र सङक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यको खोज भइरहेको छ ।
ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेका छन् ।
कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको सङक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सवै मापदण्डको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?