logo
२०८१ बैशाख २४ सोमवार

  नेपाललाई कति चाहिन्छ कोरोना विरुद्धको खोप ?  



पाइपलाइनमा भएको बाहेक दुई करोड मात्रा आवश्यक

स्वास्थ्य |


पाइपलाइनमा भएको बाहेक दुई करोड मात्रा आवश्यक


काठमाडौं, माघ १८ गते । सरकारले अन्य र बुस्टर डोज गरेर अझै नेपालमा दुई करोडभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप आवश्यक भएको प्रारम्भिक अनुमान गरेको छ । पाइप लाइनमा रहेका खोप बाहेक बुस्टर र अन्य खोप गरेर दुई करोडभन्दा बढी खोप आवश्यक पर्ने प्ररम्भिक अनुमान गरेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

‘चीन सहयोगबाट ४० लाख साइनोभ्याक्सको खोप, विश्व बैंकको सहयोगमा खरिद गरेको २३ लाख ४० हजार मोडर्ना, कोभ्याकस अन्तर्गतको ६२ लाख फाइजर खोप र युके सरकारको सहयोगमा २१ लाख अस्ट्राजेनेका खोप पाइप लाइनमा छ’,उहाँले भन्नुभयो,‘यो बाहेका दुई करोडभन्दा बढी खोप लाग्ने प्रारम्भिक अनुमान गरेका छौ’ सरकारले अहिलेसम्म विभिन्न माध्यबाट चार करोड ३३ लाख ६ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ । डा. चौरसियाका अनुसार सरकारको विभिन्न भण्डारण केन्द्रमा ७२ लाख ९० हजारको खोप स्टक छ ।

कतिले लगाए खोप ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भएदेपखि अहिलेसम्म तीन करोड १२ लाख ४३ हजार ५०३ मात्रा खोप लगाइसकेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म एक करोड ६६ लाख ७० हजार ७ जनाले एक मात्रा र एक करोड ४२ लाख ४ हजार २७० पूर्ण मात्रा खोप लगाएका छन् ।

त्यस्तै तीन लाख ६९ हजार २२६ जनाले अतिरिक्तमा मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कुल जनसङ्ख्याको ५४.९ प्रतिशतले एकमात्रा र ४६.८ प्रतिशचले एकमात्रा खोप लगाएका छन् । त्यस्तै मन्त्रालयका अनुसार लक्षित जनसङ्ख्याको ८३.७ प्रतिशतले एकमात्रा र ७१.३ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

प्रदेशअनुसार कुन खोप कतिले लगाए
प्रदेश १ मा कोभिसिल्ड खोपको पहिलो मात्रा सात लाख ८० हजार ३६२ र पूर्णमात्रा पाँच लाख ४२ जहार ७४२, र अतिरिक्त मात्रा १० हजार २८, भेरोसेलको पहिलो मात्रा १६ लाख ९६ हजार १५५, पूर्णमात्रा १० लाख ८५ हजार ३६२, अतिरिक्त मात्रा दुई हजार ५९५ लगाएका छन् ।

त्यस्तै जान्सन एण्ड जान्सनको पहिलो मात्रा चार लाख ५१ हजार ६९९ र अतिरिक्त मात्रा दुई हजार ४४२, फाइजरको पहिलोामत्रा ६ हजार ८८ र पूर्णमात्रा पाँच हजार ३७१, मोडर्नाको पहिलो मात्रा दुई लाख ६८ हजार १७८ र पूर्ण मात्रा ३४ हजार ७६१ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

मधेश प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा नौ लाख ४९ हजार ९७१, पूर्णमात्रा पाँच लाख ५४ हजार ६५, र अतिरिक्त मात्रा १९ हजार ८२७, भेरोसेलको पहिलो मात्रा १५ लाख ५८ हजार ५४०, पूर्णमात्रा ११ लाख ८७ हजार ८२८, अतिरिक्त मात्रा नौ हजार १२१ ,
त्यस्तै जान्सन एण्ड जान्सन को पहिलो मात्रा चार लाख ९४ हजार ५३१ र अतिरिक्त मात्रा चार हजार २४६ , फाइजरको पहिलोमात्रा सात हजार ५९७ र पूर्णमात्रा तीन हजार ६४४, मोडर्नाको पहिलो मात्रा चार लाख ७७ हजार १०४ र पूर्ण मात्रा सात हजार ६२९ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बाग्मती प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा नौ लाख ७० हजार २७२, पूर्णमात्रा छ लाख ९० हजार ७८७, र अतिरिक्त मात्रा एक लाख १८ हजार ३२२ ,भेरोसेलको पहिलो मात्रा १५ लाख ५८ हजार ५४०, पूर्णमात्रा ११ लाख ८७ हजार ८२८, अतिरिक्त मात्रा ६ लाख ९७ हजार २२ जनाले खोप लगाएका छन् ।

त्यस्तै जोन्सन एण्ड जोन्सन को पहिलो मात्रा पाँच लाख ६३ हजार २३९ र अतिरिक्त मात्रा दुई हजार २४९, फाइजरको पहिलोमात्रा दुई लाख ३३ हजार १६३ र पूर्णमात्रा दुई लाख ९७५, मोडर्नाको पहिलो मात्रा दुई लाख एक हजार ९७५ र पूर्ण मात्रा ९७ हजार ९०३ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा चार लाख २८ हजार ५४०, पूर्णमात्रा तीन लाख ८६ हजार ९६७ र अतिरिक्त मात्रा २१ हजार ९४७ ,भेरोसेलको पहिलो मात्रा नौ लाख ६४ हजार २५०, पूर्णमात्रा नौ लाख २९ हजार २०५, अतिरिक्त मात्रा चार हजार ९२६ मन्त्रालयको जनाएको छ ।

त्यस्तै जान्सन एण्ड जान्सनको पहिलो मात्रा दुई लाख ५४ हजार ६ र अतिरिक्त मात्रा ४३६, फाइजरको पहिलोमात्रा तीन हजार ४४९ र पूर्णमात्रा तीन हजार १८६, मोडर्नाको पहिलो मात्रा दुई लाख ४२ हजार ८३७ र पूर्ण मात्रा एक लाख छ हजार ८८३ जनाले लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा नौ लाख ४० हजार ८८६, पूर्णमात्रा पाँच लाख ३८ हजार ६११ र अतिरिक्त मात्रा ४५ हजार ५८३ ,भेरोसेलको पहिलो मात्रा १६ लाख सात हजार ७८५, पूर्णमात्रा १४ लाख तीन हजार ७९१, अतिरिक्त मात्रा १० हजार ८२५ खोप लगाएका छन् ।

त्यस्तै जान्सन एण्ड जान्सनको पहिलो मात्रा तीन लाख ९६ हजार ५८४ , फाइजरको पहिलोमात्रा पाँच हजार ३५९ र पूर्णमात्रा पाँच हजार ११९, मोडर्नाको पहिलो मात्रा तीन लाख ५६ हजार १८९ र पूर्ण मात्रा एक लाख ७७ हजार ४४१ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

कर्णाली प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा एक लाख ६४ हजार ४०३, पूर्णमात्रा एक लाख ३६ हजार ५२, र अतिरिक्त मात्रा १० हजार ३१७ ,भेरोसेलको पहिलो मात्रा पाँच लाख २६ हजार २१३, पूर्णमात्रा चार लाख २१ हजार ९८४, अतिरिक्त मात्रा तीन हजार ६१३ मात्रा खोप लगाएका छन् ।

त्यस्तै जान्सन एण्ड जान्सनको पहिलो मात्रा एक लाख ३७ हजार ६३६ र अतिरिक्त मात्रा १९३, फाइजरको पहिलोमात्रा दुई हजार २७२ र पूर्णमात्रा दुई लाख १५१, मोडर्नाको पहिलो मात्रा एक लाख ८२ हजार ७०७ र पूर्ण मात्रा ५७ हजार १५० जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सुदूपश्चिम प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा तीन लाख ५१ हजार ४४३, पूर्णमात्रा दुई लाख ५३ हजार ३३६ , र अतिरिक्त मात्रा २४ हजार ८९३ ,भेरोसेलको पहिलो मात्रा नौ लाख पाँच हजार ६०७, पूर्णमात्रा सात लाख ३८ हजार ८६२, अतिरिक्त मात्रा सात हजार ३७४ मात्रा खोप लगाएका छन् ।

त्यस्तै जान्सन एण्ड जान्सनको पहिलो मात्रा दुई लाख ३६ हजार ३१४ र अतिरिक्त मात्रा ३०५, फाइजरको पहिलोमात्रा तीन हजार ९५१ र पूर्णमात्रा तीन हजार ४०८, मोडर्नाको पहिलो मात्रा दुई लाख १४ हजार ८७७ र पूर्ण मात्रा १४ हजार ९२९ जनाले लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सरकार चैत मसान्तसम्म १८ वर्षमाथिका सबै जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका लागि ८४ लाख फाइजरको खोप खरिद प्रक्रिया अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?