logo
२०८१ बैशाख २४ सोमवार

  विश्व क्यान्सर दिवस: दृश्य समाचार  



क्यान्सर के हो, उपचार कसरी हुन्छ ?

स्वास्थ्य |
मुख्य समाचार |
भिडियो |


क्यान्सर के हो, उपचार कसरी हुन्छ ?


काठमाडौं, माघ २१ गते। विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो। क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो। यो रोग शरीरका जुनसुकै अंगमा लाग्न सक्ने चिकित्सकको भनाइ छ।

विश्वव्यापी रूपमा हेर्दा पुरुष र महिलाको हकमा फोक्सोको क्यान्सर र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी मात्रमा लाग्ने गर्दछ।

नेपालमा सबै भन्दा बढी मानिसको मुत्यु नसर्ने रोगबाट हुने गर्दछ। नसर्ने रोगबाट ७१ प्रतिशत मानिसको मुत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ। नसर्ने रोगले मुत्यु हुनेमध्ये क्यान्सर रोगबाट मात्रै ९ प्रतिशत मानिसको मुत्यु हुने गरेको छ।

२०१८ मा विश्वमा ९६ लाख मानिसको मृत्यु क्यान्सरका कारण भएको तथ्यांक रहेको छ। त्यस्तै हरेक वर्ष विश्वभरमा दुई करोड नयाँ क्यान्सरका रोगी थपिन्छन्।

क्यान्सर रोग के हो ?
क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । हाम्रो शरीरमा हजारौँ स–साना कोषिका मिलेर बनेको हुन्छ। सामान्यतया कोषहरु बढ्ने र उमेर पुग्दै गएपछि झर्ने गर्दछ। कोषिकामा कुनै कारणवश खराबी उत्पन्न भयो भने त्यसले अनियन्त्रित गाँठागुठी निस्कने गर्दछ। त्यसलाईनै क्यान्सर भनिने वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउनु हुन्छ।

त्यस्तो डल्लोलाई ट्युमर भनिन्छ । क्यान्सरको सबैभन्दा खतरनाक पक्ष यो एकै ठाउँमा सीमित नभई शरीरका विभिन्न भाग फैलने गर्दछ।

क्यान्सर हुनुको कारण
क्यान्सर किन हुन्छ भनेर अहिलेसम्म पत्ता लागेको छैन। करिब ७० प्रतिशत क्यान्सर मध्यपान, धुम्रपान, मोटोपना, खानपान, शारीरीक कसरतको कमी जस्ता खराब जीवनशैलीले गर्दा लाग्ने डा. चापागाईं बताउनु हुन्छ। बाँकी अरु १० देखि १५ प्रतिशत क्यान्सर वंशाणुगत कारणले गर्दा हुने गर्दछ।

क्यान्सरका लक्षण
लामो समय निको नहुने खोकी लाग्नु,
कोठीको आकार परिवर्तन हुनु,
नदुख्ने गिर्खा घाँटी, काखी, स्तन र शरीरको अन्य भागमा आउनु,
शरीररमा भएको घाउँ लामो समय निको नहुनु,
अपच वा निल्न ग्राह्रो हुनु,
विकारमा रगत देखा पर्नु,
असामान्य रुपमा योनी वा मलद्वारबाट रगत वा पीप बग्नु
बिनाकारण तौल घट्नु

क्यानसरको उपचार के हो ?
समयमा उपचार नभए विस्तारै पूरा शरीरमा क्यान्सर फैलन्छ र बिरामीको मृत्यु हुन्छ। सुरुकै अवस्थामा उपचार भए यो पूर्णरूपमा निको हुने चिकित्सकको भनाइ छ। क्यान्सरको उपचार किमोथेरापी, रेडियसन र शल्यक्रियाको माध्यमबाट हुने चिकित्सक बताउछन्। चिकित्सका अनुसार जतिचाँडो उपचार गराउन सकियो त्यत्तनै छिटो क्यान्सरलाई निको बताउन सकिन्छ।

क्यान्सर सम्बन्धी जनचेतना फैलाउन फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। यसपटक पनि ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाउनु स्याहारको’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभरी नै यो दिवस मनाइर्दै छ।

क्यान्सर दिवसको अवसर पारेर गोरखापत्र अनाइनलका लागि क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंसँग सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङ्गले गर्नुभएको कुराकानी :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?