logo
२०८१ बैशाख १७ सोमवार

 नेपालमा कोरोना सङ्क्रमण  



सक्रिय संक्रमित १० हजारभन्दा बढी, कुन जिल्लामा कति ?

स्वास्थ्य |


सक्रिय संक्रमित १० हजारभन्दा बढी, कुन जिल्लामा कति ?


 

काठमाडौं, फागुन १० गते । नेपालमा कोरोना पुष्टि हुनेको संख्या ११ लाख १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा आरटी सीसीआर र एन्टिजेन परीक्षण गर्दा ११ लाख १४ हजार ७२१ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा ५३ लाख ९१ हजार ६०३ जनाको आरटी पीसीआर परीक्षण गर्दा नौ लाख ७५ हजार ८०६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, मन्त्रालयको तथ्यांकको अनुसार १० लाख ४४ हजार ७३३ जनामा एन्टिजेन गरीक्षण गर्दा एक लाख ३८ हजार ९१५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नौ लाख ५३ हजार ४३० जना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको निको हुने दर ९७.७ प्रतिशत रहेको छ । मुत्यु हुनेको संख्या ११ हजार भन्दा बढी कुन उमेरको कति संक्रमित मध्ये ११ हजार ९२८ जनाको मुत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

नेपालमा कोरोना संक्रमितको मुत्युदर १.२ प्रतिशत रहेको छ। १० देखि १९ वर्षसम्मका ५७, २० देखि २९ उमेरका ३७७, ३० देखि ३९ उमेर समूहका ९६३, ४० देखि ४९ उमेर समूहका १६६३ जनाको मुत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै, ५० देखि ५९ उमेर समूहका २२९३, ६० देखि ६९ उमेर समूहका २५ सय , ७० देखि ७९ उमेर समूहका २३७५ , ८० वर्ष माथिका १६३६ र उमेर नखुलेका १३ जनाको मुत्यु भएको छ ।

सक्रिय संक्रमित कुन जिल्लामा कति मंगलबारसम्म नेपालमा १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १० हजार ३६७ जना होम आइसोलेसनमा छन् । ३८० जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत छन् । जसमध्ये ११५ आईसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश १ मा इलाम ३८, उदयपुरमा ३३, ओखलढुंगा १६, खोटाङ ४९, झापा २४१, तेह्रथुम २२, धनकुटा ४१, पाँचथर ४९, भोजपुर ३६, मोरङ ५०६, संखुवासभा २८, सुनसरी ३३४, सोलुखुम्बुमा ९जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, प्रदेश २ मा धनुषा ३४६, पर्सा ९७,बारा १११, महोत्तरी ८१, रौतहट २१, सप्तरी १८५, सर्लाही ११३, सिराहा १८७ जना रहेका छन् । बाग्गती प्रदेशमा काठमाडौँमा २६८१, काभे्र २२२, चितवन ३८०, दोलखा २५, धादिङ ९०, नुवाकोट ११३, भक्तपुर ३९६, मकवानपुर ५८, रसुवा २१, रामेछाप २८, ललितपुर १२४६, सिन्धुपाल्चोक ७८, सिन्धुली ४७ जना संक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा कास्कीमा ५६७, गोरख ३९, तनहुँमा ७७, नवलपरासी पुर्वमा ४९, पर्वत ३६, मनाङ १, मुस्ताङ १, म्याग्दी ४०, लमजुङ ४१, बाग्लुङ ५८, स्याङजा ५७ जना संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा खर्घाखाँचीमा ६०, कपिलवस्तु ३२, गुल्मी ५१, दाङ १४८, नवलपरासी पश्चिम ४२ , पाल्पा १३४, प्युठान २२, बर्दिया १२७, बाँके ३५६, रुकुम पूर्व ५ , रुपन्देही २७७, रोल्पा २६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै कर्णाली प्रदेशमा कालिकोट १०, जाजरकोट १४, जुम्ला ८, डोल्पा ३, दैलेख १७, मुगु १, रुकुम पश्चिम १७, सल्यान २०, सुर्खेत ८२, हुम्ला १ जना संक्रिय संक्रमित रहेका छन् । सूदूरपश्चिममा अछाम ३५, कन्चनपुर ११०, कैलाली ५५७, डडेल्धुरा ४७, डोटी १४, दार्चुला ८, बझाङ १८, बाजुरा २, बैतडी १२८ जना सक्रिय संक्रमित रहेका छन् ।

पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला मोरङ,काठमाडौं,ललितपुर,कास्की र कैलाली गरी पाँच जिल्लामा पाँच सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् । झापा, धनुष,भक्तपुर,काभ्रे, चितवन, बाँके, रुपन्देही गरी आठ जिल्लामा दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । अतिरिक्त खोप लगाउनेको संख्या ९ लाख नाघ्यो । मन्त्रालयको तथ्यांकअनुसार खोप अभियान सुरु भएदेखि अहिलसम्म सरकारले तीन करोड ७१ लाख २१ हजार १९६ मात्रा खोप लगाएको छ। जसमध्ये एक करोड ८३ लाख ९१ हजार १०७ जनाले एक मात्रा र एक करोड ७७ लाख ८६ हजार १३३ जनाले पूर्णमात्रा र नौ लाख ४३ हजार ९४६ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

कुल जनसंख्याको ७३.४ प्रतिशत अर्थात दुई करोड १४ लाख १२ हजार ९८६ जनाले एकमात्रा र ६०.९ प्रतिशत अर्थात् एक करोड ७७ लाख ८६ हजार १३३ जनाले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै १८ वर्षमाथिका लक्षित जनसंख्याको ९०.९ प्रतिशत अर्थात् एक करोड ८१ लाख १४ हजार ८४१ जनाले एक मात्रा र ७७.४ प्रतिशत अर्थात एक करोड ५४ लाख १७ हजार ५१२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

त्यस्तै, मन्त्रालयको तथ्यांकअनुसार १२ वर्ष देखि १७ वर्ष उमेर समूहका लक्षित जनसंख्याको ८८ प्रतिशत अर्थात ३० लाख १५ हजार ५८९ जनाले एक मात्रा र ६५ प्रतिशत अर्थात्  २२ लाख २४ हजार ८०२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले बैशाख मसान्तसम्म लक्षित जनसंख्यालाई पूर्णमात्रा खोप लगाउने लक्ष्य लिएको छ।

नेपालमा भेराेसेल, कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना, फाइजर र जाेन्सन एण्ड जाेन्सन गरेर चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप विभिन्न माध्यमबाट प्राप्त गरेको छ । सरकारले ७७ वटा जिल्लामै पूर्णमात्रा खोप लगाएको छ ।  महिना पुरा भएका १८ वर्षमाथिका सबैलाई उपलब्ध भएसम्म सोही खोप र सोही खोप उपलब्ध नभएको खण्डमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोर्डना, जोन्सन एण्ड जोन्सन वा फाइजर खोप बुस्टरडोजको रुपमा दिदैँ आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?