logo
२०८१ बैशाख १९ बुधवार

  विश्व मिर्गौला दिवस  



'समयमै पहिचान भए मिर्गौलाको उपचार सम्भव छ'

स्वास्थ्य |
भिडियो |


'समयमै पहिचान भए मिर्गौलाको उपचार सम्भव छ'


काठमाडौं, फागुन २५ गते। नेपालमा पछिल्लो समय मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दै गएको छ। विश्वमा हरेक ५ जना वयस्क व्यक्तिमध्ये एक जनामा मिर्गौलाको समस्या रहेको अध्यानले देखाएको छ। 

मिर्गौला रोगसम्बन्धी मुत्युदर वार्षिक रुपमा बढिरहेको छ। २०४० सम्म मृत्युको ५ औँ प्रमुख कारण मिर्गौला हुने अनुमान गरिएको छ। चिकित्सकका अनुसार मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। शरीरको मुख्य अङ्गमध्ये एक हो, मिर्गौला। मिर्गौलाले शरीरमा फिल्टरको काम गर्छ। मिर्गौलाको मुख्य काम भनेको रगतलाई शुद्धीकरण गर्ने हो। यो सबै उमेर समूहलाई हुने रोग हो।

यसको समयमै पहिचान र उपचार हुनसक्यो भने मानिसको अकालमै ज्यान जानबाट रोक्न सकिने शहीद धर्मधक्त मावन अङ्ग प्रत्यारोपण केन्द्रका किड्नी ट्रन्सप्लान्ट विभागका विभागीय प्रमुख डा. विजय मानसिंह कटवालले जानकारी दिनुभयो। सबैभन्दा बढी मधुमेह र उच्च रक्तचापका बिरामीलाई मिर्गौला फेल हुने चिकित्सक बताउछन्। त्यसबाहेक विभिन्न सङ्क्रमण, पत्थरीले हुने अवरोध जस्ता कारण पनि हुनसक्दछ। जन्मजात मिर्गौला रोग जो प्रोटिन चुहेर हुने गर्दछ।

डा. कटवालका अनुसार मिर्गौला फेल हुनेमध्ये अधिकांशले ८० प्रतिशत ड्यामेज भइसकेपछि मात्रै अस्पतालमा आउने गर्दछन्। किड्नी बिग्रन नदिन एक वर्षमा एक पटक पिसाब र रगतको जाँच गर्नुपर्ने उहाँ बताउनुहुन्छ।

नेपालमा तथ्यांक नभए पनि मावन अङ्ग प्रत्यारोपण केन्द्रमा वार्षिक ३ हजार भन्दा बढी बिरामीले डायलासिस सेवा लिने गर्दछन् भने हजारौं बिरामी पालोको पर्खाइमा रहेने डा. कटवाल बताउनुहुन्छ। त्यस्तै उहाँका अनुसार एक वर्षमा ६ वटा किड्नी ट्रन्सप्लान्ट हुने उहाँले जानकारी दिनुभयो।

नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको हो। विश्व मिर्गौला दिवसको अवसर पारेर गोरखापत्र अनलाइनको लागि केन्द्रका किड्नी ट्रन्सप्लान्ट विभागका विभागीय प्रमुख डा. विजय मानसिंह कटवालसँग मिर्गौला के हो ? कसरी काम गर्छ, मिर्गौला किन बिग्रन्छ, उपचार विधि, मिर्गौला जोगाउन के गर्नुपर्छ लगायतका जिज्ञासा राखेका छौँ।
डा. विजय मानसिंह कटवालसँग सिर्जना खत्री, मनोजरत्न शाही र केशव गुरुङले गर्नुभएकाे कुराकानीः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?