logo
२०८१ बैशाख १९ बुधवार



नेपालमा घटे पनि विश्वमा बढ्दै काेराेना सङ्क्रमितकाे सङ्ख्या

स्वास्थ्य |


नेपालमा घटे पनि विश्वमा बढ्दै काेराेना सङ्क्रमितकाे सङ्ख्या


काठमाडौं, चैत ६ गते । विश्वमा गत हप्ता अघिल्लाे हप्ताकाे तुलनामा पाँच प्रतिशतले कोरोना सङ्क्रमित बढेको पाइएको छ । वल्र्डमिटर डट इन्फोको तथ्याङ्कअनुसार पछिल्लो हप्ताको तुलनामा यो हप्ता सङ्क्रमणदर पाँच प्रतिशतले बढेको हो ।

यो हप्ता विश्वमा एक करोड १७ लाख दुई हजार ७१३ जना कोरोना भाइरसबाट सङ्क्रमित थपिएका छन् । जुन गत हप्ता एक करोड ११ लाख ५० हजार १४० जना सङ्क्रमित थपिएको वल्र्डमिटरको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यस्तै, तथ्याङ्कअनुसार एक हप्तामा १९ प्रतिशतले सङ्क्रमितको मुत्युदर घटेको छ । पछिल्लो हप्ता ४६ हजार ६०९ जनाको मुत्युभएको थियो । यो हप्ता ३७ हजार ७३५ जना सङ्क्रमितको मुत्यु भएको छ ।

दक्षिण कोरियामा गत हप्ताको तुलनामा यो हप्ता ४७ प्रतिशतले सङ्क्रमित बढेको वल्र्डमिटर तथ्याङ्कले देखाएको छ । गत हप्ता १८ लाख ४८ हजार १६२ जना सङ्क्रमित थपिएका थिए । यो हप्ता २७ लाख १० हजार ९४२ जना सङ्क्रमित थपिएका छन् ।

जर्मनीमा गत हप्ताको तुलनामा यो हप्ता १९ प्रतिशतले सङ्क्रमित बढेको उल्लेख छ । गत हप्ता १२ लाख ६१ हजार ९८ जना सङ्क्रमित थपिएका थिए । यो हप्तामा १६ लाख तीन हजार ९१९ जना सङ्क्रमित थपिएका छन् ।

भियतनाममा पछिल्लो हप्ताकाे तुलनामा यो हप्ता पाँच प्रतिशतले सङ्क्रमित बढेका छन् । गत हप्ता १२ लाख दुई हजार चार जना सङ्क्रमित थपिएका थिए । त्यस्तै, यो हप्ता भने १२ लाख ५८ हजार ९१३ जना सङ्क्रमित थपिएका छन् ।

फ्रान्समा गत हप्ताको तुलनमा ३५ प्रतिशतले सङ्क्रमित दर बढेका छन् । गत हप्ता चार लाख आठ हजार ३४९ जनामा कोरोना पुष्टि भएको थियो । यो हप्ता पाँच लाख ५१ हजार ३१४ जनामा कोरोना पुष्टि भएको छ ।

युक्रेनमा गत हप्ताको तुलनमा यो हप्ता ३१ प्रतिशतले सङ्क्रमितको सङ्ख्या बढेको छ । गत हप्ता तीन लाख ८३ हजार ९९३ जना सङ्क्रमित थपिएका थिए । त्यस्तै, यो हप्ता पाँच लाख चार हजार ७७४ जना सङ्क्रमित थपिएका थिए ।

इटलीमा ४१ प्रतिशतले सङ्क्रमित थपिएका छन् । गत हप्ता तीन लाख चार हजार ५६८ जना सङ्क्रमित थपिएका थिए भने यो हप्ता चार लाख ३० हजार ५०२ जना सङ्क्रमित थपिएका छन् ।

त्यस्तै चीनमा गत हप्ता दुई हजार ४२१ जनामा कोरोना पुष्टि भएको थियो भने यो हप्ता ११ हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । नेपालमा गत हप्ताको तुलनमा सङ्क्रमितको सङ्ख्या ३८ प्रतिशतले घटेको छ । गत हप्ता ५१७ जनामा कोरोना पुष्टि भएको थियो । यो हप्ता भने ३२१ जनामा कोरोना पुष्टि भएको छ ।

विश्वमा ४६ करोड ६६ लाख ३८ हजार १२९ सङ्क्रमित पुगेको छ । जसमध्ये ६० लाख ८८ हजार ८४९ जनाको मुत्यु भएको छ भने ३९ करोड ८३ लाख २३ हजार ६९० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?