साबुन उद्योग सञ्चालनमै आएन
गोरखापत्र अनलाइन
चैत्र २९, २०७८ मंगलवार
सरकारले लगानी गरेको जिल्लाको एक साबुन उद्योग निर्माण भइसकेको दुई वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–४, कोटचौतारामा स्थापना गरिएको मुसीकोट साबुन उद्योग स्थापना गर्न कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लगानी गरेको हो । अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत यो उद्योग निर्माण गरिएको हो । सहयोगी निकाय जिल्ला कृषि विकास कार्यालय, रुकुम...