पनौतीका किसानलाई लैनो गाई वितरण
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
काभ्रेको पनौती नगरपालिकाले किसानलाई लैनो गाई वितरण गरेको छ । वडा ३ कुशादेवीका १० किसानलाई लागत साझेदारीमा आइतबार लैनो गाई वितरण गरिएको हो । गाई भैसी साना व्यवसाय उत्पादन पकेटक्षेत्र विकास कार्यक्रम अन्तर्गत नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बन्जाराले किसानलाई लैनो गाई वितरण गर्नुभएको हो । सङघीय सरकार, किसान र नगरपालिकाको साझेदारीमा पनौतीका किसानलाई लैनो गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।