सर्लाहीका उखु किसानसँग सात बुँदे सहमति, चिनी बोकेका ट्रक छाडिने
गोरखापत्र अनलाइन
बैशाख ३०, २०७७ मंगलवार
सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित धनकौलमा केही दिनदेखि जारी विवाद तत्कालका लागि समाधान भएको छ । सदरमुकाम मलङ्गवामा सोमवार साँझ अबेरसम्म भएको छलफलमा सात बुँदे सहमति भएसँगै अन्नपूर्ण चिनी उद्योग धनकौलबाट चिनी लोड गरेर बजार पठाउन लाग्दा किसानले ट्रक नियन्त्रणमा लिएपछि सुरु भएको विवाद तत्कालका लागि समाधान भएको हो ।