बैतडी आएका डाक्टर २२ दिनमै फर्किए, क्वारेन्टाइनमा १३ सय, परीक्षण गर्ने किट छैन
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७७ बिहीबार
सरकारले बैतडी पठाएका तीन जना डाक्टर २२ दिन बसेर काठमाडौँ फर्किनुभएको छ । बैतडीमा दरबन्दीअनुसार एक जना पनि डाक्टर छैनन् ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका २६ सय ६८ जना क्वारेन्टाइनमा हुनुुहुन्छ । यसको आधा जनसंख्या बैतडीमा मात्र १३ सय ४५ जना क्वारेन्टाईनमा छन् तर, उहाँहरुको स्वास्थ्य परीक्षण गर्न अस्पतालमा किट छैन ।