सर्लाहीको हरिपूर्वामा ३० जनाको स्वाब सङ्कलन, सङ्क्रमित पुरुषको गाउँ सिल
गोरखापत्र अनलाइन
जेष्ठ १, २०७७ बिहीबार
सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौलमा बुधवार ३० जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । जिल्लाका दोस्रो कोरोना सङ्क्रमितको परिवारका ५ जना, उहाँसँग सम्पर्कमा आएको आशङ्का गरिएका छरछिमेकीसहित २१ जना र नगरपालिकाले स्थानीय विद्युत् प्राधिकरणको नवनिर्मित भवनमा बनाएको क्वारेन्टाइनमा रहेका ४ जनासहित ३० जनाको पीसीआर परीक्षण गर्न खकारको नमूना लिइएको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य...