हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
गोरखापत्र अनलाइन
चैत्र ३, २०७६ सोमबार
राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता भएको थियो ।