महिलाहरुको प्रहरीसँग गुनासो रक्सीले झैझगडा बढ्यो हजुर रोकिदिनु पर्याे
गोरखापत्र अनलाइन
चैत्र २, २०७६ आईतवार
‘रक्सीले घरपरिवारमा समस्या पर्याे, दिनभरी राम्रै मेलमिलाप गरेर बसेको मान्छे पनि बेलुका भएपछि रक्सी खाएर झगडा गर्न थाल्छन् यसको समाधान खोज्नु पर्यो हजुर’–समुदाय प्रहरी साझेदारी अन्तरगत जिल्ला प्रहरी कार्यालय डोटीले सायल गाउँपालिकामा आयोजना गरिएको अन्तरक्र्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय महिलाहरुहरुले उठाएको सवाल हो यो ।