खुम्बु जोड्ने पुलको शिल्यान्यास
सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकालाई सडक सञ्जालले जोड्नका लागि निर्माण गर्न लागिएको ट्रष्ट ब्रिजको शिलान्यास गरिएको छ ।
खार्पु्नाथ गाउँपालिका उपाध्यक्षमा नेकपाको उम्मेदबार विजयी
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार रुपा शाही बिजयी हुनु भएको छ । उहाँले नेपाली काँग्रेसकी उम्मेदवार तारा शाहीलाई पराजित गर्दै बिजयी हुनु भएको हो ।
एक ठाउँमा राजपा र अर्को ठाउँमा काँग्रेस विजयी, दुई ठाउँको मतगणना जारी
महोत्तरी जिल्लाको चार ठाउँमा भएको उपनिर्वाचनमा दुई ठाउँको नतिजा आइसकेको छ भने दुई ठाउँको मतगणना जारी रहेको छ । एकठाउँमा राजपाले जित हात पारेको छ भने अर्कोमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कमिसनको भरमा उपकरण खरिद गर्ने परिपाटी अन्त्य हुन्छ : स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति आफ्नो कार्यकालमा हटाउने बताउनु भएको छ ।
बाग्लुङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता
प्रदेश सभा सदस्यतर्फ बागलुङ क्षेत्र नम्बर २ (ख) मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ
कास्कीमा नेकपाको अग्रता दोब्बर
प्रतिनिधी सभाको कास्की २ मा नेकपाको उम्मेदवार विद्या भट्टराइले अग्रता दोब्बर बनाउनु भएको छ
दाङमा नेकपाको मतान्तर बढ्दै
दाङ क्षेत्रनम्वर–३ को प्रदेशसभा २ मा नेकपाले अग्रता बढाउँदै लगेको छ
हुम्लामा मत गणना सुरु
हुम्लामा ढिलो गरि मत गणना कार्य सुरु भएको छ ।
उपनिर्वाचनको ४० स्थानको मतगणना सार्वजनिक
मंसिर १४ गते सम्पन्न प्रतिनिधीसभा, प्रदेशसभा, स्थानीय तह र बडाको निर्वाचनमा ५२ स्थानमा भएको निर्वाचनमध्ये ४० ओटा निर्वाचनको मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
भक्तपुरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार विजयी
भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी हुनु भएको छ ।